काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रीको तयारी विवरण प्रस्तुत गरेको छ । बुधवार पत्रकार सम्मेलनमार्फत् कोषले तयारीे विवरण प्रस्तुत गरेको हो । महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा नेपाल स्काउटसहित पाँच हजार स्वयंसेवक परिचालन गरिने भएको छ भने तिन तहमा ६ हजार सुरक्षाकर्मिहरुको ब्यबस्था गरिएको छ ।
साथै पशुपति क्षेत्रमा महाशिवरात्रीको दिन गाँजा-भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवान गर्नसमेत प्रतिबन्ध लगाइएको छ। ‘पशुपति क्षेत्रभित्र मांस, मदिरा तथा लागुपदार्थ निषेधित क्षेत्रमा गाँजा-भाङ, जाँड-रक्सी सेवन नगर्न अनुरोध छ’, समितिले भनेको छ। त्यस्तै पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोग समेत गर्नमा रोक लगाइएको छ।
आउँदो शुक्रबार महाशिवरात्रीका दिन एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा भीड हुने भएकोले सवारीसाधनका लागि एकतर्फीको व्यवस्था गरिएको जनाइएको छ।
‘त्यसको लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर, गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको कुरा ’कोषका सदस्य सचिव डा.प्रदिप ढकालले जानकारी गराएका छन् ।।
दर्शनार्थीहरूका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयबागेश्वरी-इँट्टा पादा भएर भुवनेशुवरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगंगा भएर पिङ्गलास्थान-सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक गरी बाहिरी रूपमा लाइन रहनेछन्। आवश्यकता अनुसार तिलगंगा राममन्दिर तर्फबाट पनि राख्न सकिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवाडाले जानकारी गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस