काठमाडौँ– गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ ।
संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ स्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ । पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा रहेको संस्थान गोश्वारा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिएका छन् ।
साधुसन्त आआफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गरेका छन् । दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।
साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ । यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्ने कार्यक्रम तय भएको पनि संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख आचार्यले बताएका छन् । सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा हुन्छ । सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिइने गरिएको छ । यस वर्षको मूल साधु पनि एकादशीकै दिन तय हुने संस्थानले जनाएको छ ।
यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो । प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो ।
पशुपति–माइतीघर मण्डला शोभायात्रा
कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउँदै छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ । यसवर्ष महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन मङ्गलबार बिहान पशुपतिबाट तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार हुँदै बबरमहलबाट माइतीघर मण्डलासम्म शोभायात्रा निकाल्न लागिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिएका छन् ।
शोभा यात्रामा मूल समारोह समितिको अध्यक्ष रहेका मन्त्री भट्टराई, सांसदलगायत सहभागी हुनु हुनेछ । बिहान ७ः३० बजे शुरु हुने शोभायात्रामा सहभागी हुन कोषले भक्तजनमा आह्वान गरेको छ । यात्रामा सांस्कृतिक झाँकीसहित महाशिवरात्रि र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरिने उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस