वि.सं.२०७६ साल माघ २८ गते । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– द्वितीया,०६ घडी १८ पला,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाफाल्गुनी,२७ घडी ४१ पला,बेलुकी ०५ बजेर ५१ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग– अतिगण्ड,०९ घडी ३८ पला,बिहान १० बजेर ३८ मिनेट उप्रान्त सुकर्मा । करण– गर,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ०९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह,बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा प्रशस्त समय दिदा दिदै नतिजा कम आउनाले मन खिन्न हुनेछ । बौद्धिकताको बहसमा तपाईँको तर्क कमजोर ठहरिनेछ । आफन्त तथा सन्तान पक्षको आशिंक सहयोग प्राप्त हुनेछ । शेयर बजार तथा अन्त आर्थिक कारोबारको शुचाङक मन्द गतिमा बढ्नेछ । उपाहार प्राप्त भएपनि टरेर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
राम्रा तथा पुरुषार्थि काम गरि नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । खेलकुल,यात्रा तथा पत्रकारीतामा समय लगानि गर्नेहरुका लागि समयले राम्रो प्रतिफल दिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो बाताबरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउँदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामि छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानिमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले तर्कवितर्क तथा प्रतिष्पर्धामा बिजयको योग रहेकोछ । बिद्यार्थी वर्गको लागि समयले साध दिने हुनाले नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय लगानि गर्नेहरुले पदप्रतिष्ठा पाउने योग रहेकोछ । वन्द व्यापारमा फड्को मार्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्म सँग सम्बन्धित सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाई लेखाईमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावलीपक्ष सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुष हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
चुनौतिका पहाड चिर्ने आट पलाउँनेछ भने तपाईका बारेमा झुटा कुरा गर्नेहरुलाई तह लगाउँन सकिनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । माया प्रेममा आफ्नो प्रियपात्रलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन खुसि हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस