सोल-चीनबाट विश्वमा नै फैलिरहेको कोरोना भाईरसबाट आफ्नो देशलाई बचाउन उसले भाईरस फैलिएको मिति पश्चात भाईरस संक्रमित स्थलमा गएका तथा संक्रमित देशहरुसँग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध अथवा सम्पर्कमा गएका आफ्ना ९ सय २० जना सैनिकहरूलाई क्वारेन्टाईन (कुनै रोगको शंका लागेमा एक्लै राखेर अनुसन्धानमा राख्ने ठाँउ) मा राख्ने भएको छ ।
बिगत १४ दिनमा चीन, हङकङ, मकाओ लगायतका क्षेत्रमा भ्रमण गरेका आफ्ना सैनिकहरुलाई चेक जाँच तथा स्वास्थ्य परिक्षण गराउने र सो माहामारी कोरियामा फैलिन नदिने हेतुले त्यसो गर्न लागेको कोरियाली रक्षा मन्त्रालय श्रोतले बताएको छ ।
हालसम्म क्वारेन्टाईनमा राखिएका कसैमा पनि कोरोना भाईरसको संक्रमण नभेटीए पनि सावधानीका रूपमा उनीहरुलाई त्यसरि राखिएको हो । हालै एक जना कोरियाली सैन्य पानीजहाजमा काम गर्ने एक सैनिकलाई करिव ३० दिन अगाडी सँगै खाना खाएका उनका साथिमा उक्त भाईरस फेला परेपछि जाँच गरिएको तर उनमा सो भाइरस भने नभेटिएको पनि रक्षा मन्त्रालयका प्रवक्ता चोई ह्युन सू ले बताएका छन् ।
हाल कोरियाली रक्षा मन्त्रालयले आफ्ना सैनिकहरूलाई कोरोना भाईरस संक्रमण बाट बचाउन सर्वसाधारण संगको सम्पर्क टुटाउने निर्णय गरिएको पनि जनाएको छ । स्मरण रहोस्, कोरियामा हाल सम्म २३ जनामा कोरोना भाईरसको सङ्क्रमण देखा परिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस