वि.सं.२०७६ साल माघ २२ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– एकादशी,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा,४० घडी ४० पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त आद्रा । योग– वैधृति,४६ घडी ०० पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त बव, रातको ०५ बजेर ४८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृष,बिहान १० बजेर ५५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १७ पला । भीमा एकादशी व्रत।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुनेछ । कुटुम्बसँगको सम्बन्धमा थप प्रगाडता थपिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाइ लेखाइमा प्रगति हुनेछ भने आफ्नो शिक्षा तथा ज्ञानलाई निखार्ने मौका मिल्नेछ । राम्रा तथा सुखद समाचारले काम गर्न प्रेरणा जुट्नेछ । आफन्त अग्रज तथा शुभचिन्तकको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गर्न सकिनेछ भने दिगो फाइदा हुने काममा हात हाल्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले बोलैरै धन सम्पती कमाउँन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
राम्रो काम गरि परिवार तथा समाजमा गुमेको साख फिर्ता गर्ने समय रहेकोछ । अध्ययनमा समय लगानी गर्ने बिद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । व्यापारी,उद्योगी तथा कलाकारिता क्षेत्रमा समय खर्चनेहरुका लागी समयले राम्रा अवसर प्रदान गर्नेछ । प्रेममा नजिक हुन सकिनेछ । बिहानको समयमा लामो दुरिको यात्रा गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिगो तथा लामो समयसम्म फाईदा भईराख्ने व्यावसाय सञ्चालन गर्न सकिनेछ । पैत्रिक धन तथा अग्रजहरुको सम्पति प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहकोछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । बिहानको समयमा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले धर्म, सस्कृतिको जगेर्ना गर्ने काममा तपाईको भुमिका महत्वपुर्ण रहनेछ । अध्ययनमा मन जानेछ भने अध्ययन कै सवालमा यात्रा हुनेछ मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग राय बाजिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खानपानको समय नमिल्नाले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिलेका समस्या पुनह बल्झनाले र गोप्यता बाहिर आउनाले मान सम्मानमा कमि हुनेछ । आफन्त तथा दिदिबहिनीहरुको सहयोग नपाईनाले गर्न आटेका कामहरु थाति रहनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । व्यापार व्यावसाय लगानि गरिने मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ । बिहानको समय मध्ययम रहेकोले मामा तथा आफन्तसँग विवाद हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने तथा भनजस्तो नतिजा हात पार्न सकिनेछ । मध्यान्हबाट विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस