सुरुङ्गा– मकर सङ्क्रान्तिका अवसरमा कनकाई नदी तटमा स्नान गर्नेको घुइँचो लागेको छ । नदी तटमा मङ्गलबारदेखि नै मेला लागेका छ । कनकाई माईमा लाग्ने मेला पूर्वको प्रसिद्ध मेला हो ।
मेलामा किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कनकाई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न र भाकल पुरा गर्न भक्तजनको भिडलाग्ने गर्दछ । नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा मनोकामना पूरा हुने जनविश्वास यहाँ रहेको पाइन्छ ।
कनकाई नदीको पूर्व तट र पश्चिम तट दुवैतर्फ अहिले मेला लागेको छ । मक्कर स्नान र मेला भर्नका लागि आउनेको भक्तजनको सहजताका लागि ३०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार कनकाई नगरपालिको सुरुङ्गा बजारदेखि नै सीसी क्यामेराको निगरानीमा राखेर सवारीलाई एकतर्फी गरिएको छ ।
पुस मसान्तमा पकाएको पक्वान माघ १ गते खाने गरिन्छ । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे सङ््क्रान्ति अर्थात् मकर सङ्क्रान्ति भनिएको हो । सूर्यको उदयविन्दू दक्षिण तर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरु हुन्छ भन्ने मान्यता रहेको छ ।
माघे सङ्क्रन्तिमा तिलको विशेष महत्व रहेको छ । माघे सङ्क्रान्तिमा तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त परिकार खुवाउनु वा खान गरी छ प्रकारले तिलको उपयोग गर्ने व्यक्ति कहिल्यै असफल नहुने शास्त्रीय मान्यता छ ।
स्नान माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे सङ्क्रान्तिमा बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्नाले चर्मरोग निको हुने विश्वास गरिन्छ । स्नान गर्न सम्भव भए गङ्गा नभए तीर्थ, नदी वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस