डोटी-छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ। वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयवासीको सहयोगमा भत्काइको हो। एकहप्तामा जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने अभियान चलेको छ भने प्रहरीले गोठ भए नभएको अनुगमन गरिरहेको छ।
मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै छ। गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन खटाइएको छ। प्रहरी उपरीक्षक देउवाले भने, “प्रहरीले गोठ खोजीरहेको छ र देख्ने बित्तिकै भत्काउन भनिएको छ, कतिपय ठाउँमा स्थानीयले भत्काउन थालेका छन्।”
अभियनामा स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता छ। जिल्लाका त्यस्ता गोठ भत्काउने अभियान सफल पार्न स्थानीय निकायसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, “छाउगोठ कहाँ कति छन् सूचना लिएर भत्काउन प्रहरी खटाएका छौँ, अब छाउगोठ बनाउनेलाई कारवाही हुन्छ।” डोटीलाई आगामी फागुनभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी गोठ भत्काउने अभियान तीव्र पारिएको प्रजिअ पौडेलले बताए।
जिल्ला प्रशासनले हालै गरेको छाउपडी प्रथा उन्मूलन संयन्त्र बैठकमा सहभागी जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्। गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए। त्यस्तै आफ्नो गाउँपालिकामा छाउपडी अन्त गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन स्थानीयतहलाई पत्राचार गरेको छ। जिल्लामा कम्तीमा १०० को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अनुमान छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस