वि.सं.२०७६ साल पौष २९ गते । मंगलबार । ईश्वी सन् २०२० जनवरी १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– चतुुर्थी,२७ घडी ५८ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मघा,१० घडी ४८ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– आयुष्मान,०१ घडी ०८ पला,बिहान ०७ बजेर २५ मिनेट उप्रान्त सौभाग्य । करण– बव,बिहान ०७ बजेर १६ मिनेट उप्रान्त बालव,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २६ घडी १४ पला । मंगल चौथी। काशीमा बडागणेश उत्सव। पौष मसान्त ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिद्या तथा प्रतिस्पर्धामा सहपाठिहरुलाई पछि पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउँनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा आफन्तसँग घरायसि कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुँनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्व सँग राय बाजिनेछ । विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तापनि लामो दुरिको बिदेश यात्राको योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ काममा हात हाल्ने समय रहेकोछ भने पैत्रिक धन तथा सम्पतिको प्रयोग तथा परिचालन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडि बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारि साधन तथा भौतिक सम्पति प्राप्तीको योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धिमुलक हुनेछ । लामो दुरिको धार्मिक यात्राको तय हुनेछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । रमाईलो यात्राको बिच मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यावसायिक क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस