वि.सं.२०७६ साल पौष २३ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि– त्रयोदशी,४९ घडी ०१ पला,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– रोहिणी,२० घडी ०३ पला,दिउसो ०२ बजेर ५९ मिनेट उप्रान्त मृगशिरा । योग– शुक्ल,३५ घडी ०७ पला,बेलुकी ०९ बजेर ०१ मिनेट उप्रान्त ब्रम्ह । करण– कौलव,दिउसो ०२ बजेर ३५ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २६ घडी ०३ पला । सर्वार्थसिद्धि योग अहोरात्र। अरनिको स्मृति दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनि हुँनेछ भने राजनितिक यात्रा सफल रुपमा अगाडि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँनयाँ कामको प्रस्ताव आउँनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानिबाट आम्दानि बढाउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामि छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानिमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ । अग्रज तथा आफन्त सँग विवाद तथा मनमुटाब सिर्जना हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोाछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदिबहिनी बिच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला सजक नहुदा सामान्य घट्ना हुन सक्छ । व्यापार तथा शिक्षाको सवालमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तजन सँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा प्रसस्त समय लगानी गरेमात्र नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनितिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । साझपख माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस