लम्की-कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ। नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट संयोजक रहेको समिति गठन गरिएको हो।
समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। समितिको उपसंयोजकमा सामाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्ला, सबै वडाध्यक्ष, अगुवा महिला तथा सञ्चारकर्मी, टीकापुरका प्रहरी प्रमुखलगायत सदस्य छन्।
नगरप्रमुख तपेन्द्र रावलले अब छाउपडी प्रथा सामाजिकरूपमा कुप्रथा मात्र नभएर कानूनीरुपमा दण्डनीय अपराधसमेत भएकाले नगरपालिकाले यसलाई कार्ययोजना बनाई नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताए। नगरउपप्रमुख विष्टले नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरणका लागि चाल्ने कदममा साथ दिन नगरवासीलाई अनुरोध गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुरका अध्यक्ष खड्क शाहले नगरपालिकाले छाउपडी प्रथाविरुद्ध गर्ने अभियानमा आफ्नो पार्टीले सहयोग गर्ने बताए। काँग्रेसका नगर सभापति धनराज उपाध्यायले महिनावारी भएका बेला घरमै बस्न मिल्छ भनेर जनतालाई चेतना जगाउन सक्नुपर्ने बताए।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले कानूनले समेत दण्डनीय भनेर मानिसकेको छाउपडी प्रथाको नियन्त्रणमा नगरपालिकाले सबैको साथ चाहेको बताए। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमराज भट्टले कानूनले दण्डनीय अपराध मानिसकेको छाउपडी प्रथा हटाउन प्रहरीले सबै कानूनी प्रक्रिया अपनाउने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस