वि.सं.२०७६ साल पौष २१ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि– एकादशी,४७ घडी १८ पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– भरुणी,१४ घडी २१ पला,मध्यान्ह १२ बजेर ४२ मिनेट उप्रान्त कृतिका । योग– साध्य,३९ घडी २७ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त शुभ । करण– वणिज,दिउसो १३ बजेर २३ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष,बेलुकी ०७ बजेर ०५ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २६ घडी ०० पला । पुत्रदा एकादशीव्रत ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लगनशिलता तथा मेहनेतले राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने तथा दिगो काम प्रारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुले पद तथा मान सम्मान पाउने योग रहेकोछ । व्यापारमा थोरै लगानिबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा घर परिवारका मानिस सँग विवाद बढ्नेछ भने विस्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्निबिचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धार्मिक तथा अध्यात्मिक चेतानाले समाजसेवामा मन जागृत हुनेछ । लामो दुरिको धार्मिक यात्रा हुनेछ । सरकारी क्षेत्रमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईको काम गर्दिनाले अन्य काममा हात हाल्न सकिनेछ । खोजीमुलक क्षेत्रमा समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रुपैयापैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुँनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु विच मनमुटाब सिर्जना हुनसक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा साथिभाई सँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन् । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
छोटो तथा रमाईलो यात्रा हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस