वि.सं.२०७६ साल पौष ०७ गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर २३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वादशी,१७ घडी ०१ पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र विशाखा,२८ घडी २२ पला,बेलुकी ०६ बजेर ११ मिनेट उप्रान्त अनुराधा । योग सुकर्मा,०० घडी ३९ पला,बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त धृति,रातको ०४ बजेर ४० मिनेट उप्रान्त शूल । करण तैतिल,दिउसो ०१ बजेर ४४ मिनेट उप्रान्त गर,रातको १२ बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मित्र योग । चन्द्रराशि तुला,मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नसोचेको धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदिबहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय दिखि गरि आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागि पद प्राप्तीको योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मनपरेका मानिससँग रमाईलो यात्रामा निश्कन सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ भने व्यापारकै सवालमा देश बिदशका यात्राको तय गर्न सकिनेछ । अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । स्थाई सम्पति जोडने योग रहेकोछ । साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ । गरिएका कामबाट छोटो समयमानै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले व्यापारमा बृद्धि भएर जाने तथा आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन् । सामाजकि कामबाट नाम तथा ईज्जत कमाउन सकिनेछ । अध्ययनमा समय दिन सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले कन्फिडेन्ट पावरमा कमि हुने तथा आत्तिने बानिले गतल निर्णय हुनेछन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुसँग साना साना कुरामा राय बाजिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग विवाद हुने योग रहेकोछ । मध्यान्हबाट राम्रो रहेकोले व्यापार तथा नोकरिको लागि समय राम्रो रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फन अरुको ध्यान आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ । मध्यान्हबाट पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा लगानि गरि राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा तथा लेनदेनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ । बिद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले पुरस्कार तथा प्रशङसा पत्र पाईनेछ । अध्ययनकै शिलशिलामा स्कुल,कलेजको भ्रमण गर्न सकिनेछ । पुर्खौली सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत आम्दानी बढाउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साहसी काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा लगानी गर्ने व्यापारीहरुका लागी आजको दिन उत्तम रहकोछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोले पद तथा मानसम्मान पाउने योग रहेकोछ । आज गरिने लगानिबाट पछि सम्म आम्दानि भईरहनेछ । अरुलाई दिएको बाचा पुरा गर्न सकिने हुदा मन प्रशन्न हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ काम गर्नको लागि समय मध्ययम रहेकोछ भने पुरान कामलाई भने निरन्तरता दिन सकिनेछ । यात्रा हुनेभएपनि यात्रा कष्टकर हुन सक्छ । अवसर वादीहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । आफ्नै भन्ने तथा अपरिचित व्याक्तिहरुले फसाउन सक्छन् ध्यान दिनुहोला । अरुकै लागि समय र श्रम खर्चिनु पर्नेछ । तरपनि धार्मिक तथा पवित्र स्थलको भ्रमणमा निस्कन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस