हरेक बार ग्रहसंग सम्बन्धित हुन्छन | शनिबार शनीसंग सम्बन्धित बार हो | शनी न्यायका देवता हुन् | शनी दण्ड अधिकारी पनि हुन् | शनीले अन्याय अत्याचार हुन दिदैं | न्याय दिलाउछ | त्यसैले ५ वटा काम के गर्ने र ५ वटा काम के नगर्ने बारे यहाँ चर्चा गरिएको छ |
१-शनी ग्रह बिग्री रहेको छ भने कुनै पनि शनिबार बर्षको एक शनिबार कालो कुकुर वा गाईलाई रोटि वा खानेकुरा क्वाई दिने | यसो गर्दा रोकिएको सबैकाम सम्पन्न हुन्छ |
२-पवित्र भएर पिपल जरामा दुवै हात राखेर ‘ओम सम शनिश्चराए नम:’ मन्त्र पढ्ने र निधारमा समाउने र ७ परिक्रमा गर्ने |
३-शनिबार हनुमान चालिसा पाठ गर्नुहोस | हनुमान चालिसा कण्ठ छैन भने ११ चोटी ‘ओम सम शनिश्चराए नम:’ पाठ गर्ने |
४-शनि ग्रह बिग्रिएको छ भने सबै राम्रो बनाउन सूर्यास्त भए पछि पिपलको रुखमुनी तेलको दियो बालि दिनुहोस |
५-बिग्रिएको ग्रह राम्रो बनाउन शनिबारको दिन कालो कपडा लगाउनुहोस | यसो गर्दा सहनी ग्रहलाई सम्मान गरिएको हुन्छ |
शनिबारको दिन गर्न नहुने ५ कुरा
१-शनिबारको दिन तेल पर सार्ने दिन हो त्यसैले त्यहि दिन किनेर ल्याउनु हुदैन | शनिबार तेल घर भित्र्याए जहिल्यै गरिबी र रोग रहिरहन्छ |
२-शनिलाई खुट्टाको कारक पनि मानिन्छ त्यसैले शनिबार जुत्ता चप्पल किन्नु हुदैन | शनी शीरबाट प्रवेश गर्छ र खुट्टाबाट निस्केर जान्छ | शनिबार जुत्ता किने रोग लाग्न सक्छ |
३-शनिबारको दिन पीठो किनेर ल्याउनु हुदैन र चामल पिस्नु पनि हुदैन | यस्तो कार्यले घरमा गरीबी निम्त्याउन सक्छ |
४-नून भान्सामा धेरै प्रयोग हुने बस्तु भए पनि शनिबार घरमा नून किनेर ल्याउनु हुदैन | शनिबार नून किने घरमा ऋण लाग्न सक्छ | दरिद्रता आउन सक्छ र शनि ग्रहको प्रकोप पनि हुन सक्छ |
५- शनिबारको दिन फलाम किन्नु हुदैन | यो बार फलाम खरिद गर्दा शनिदेव रिसाउने हुन्छ | बरु यो दिन धातुको दाङ गर्नु रामो मानिन्छ | फलामबाट जोडिएको फर्निचर समेत किन्नु हुदैन |
शनिबारको दिन कालो बस्त्र धारण गर्ने दिन भएकाले केश पनि काट्नु हुन्न भन्ने कतै कतै उल्लेख छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस