बागलुङ– छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव आगामी पुस ११ देखि २० गतेसम्म चल्नेछ ।
प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजनलगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । महोत्सवकै अवसर पारेर आगामी पुस १० गते ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ शीर्षकमा आर्थिक बहससमेत हुँदैछ । लगानी सम्भावना औँल्याउन आयोजित बहस कार्यक्रममा सरकारका प्रतिनिधिसहित ठूला उद्योगी, व्यवसायी सहभागी हुनेछन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
“भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकामा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भन्नुभयो । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिने भएको छ । जिल्लाको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ ।
परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणका रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक कक्ष रहने जनाइएको छ । “जिल्लाका घरवासमा पाइने मौलिक खानाका परिकार उपलब्ध गराउँदैछौँ”, महासचिव कँडेलले भन्नुभयो । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन गरिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस