बेत्रावती– नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा लागि रहेको छ । दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको विशेष दिन आज साँझदेखि बिहीबार अपरान्हसम्म भए पनि शनिबारदेखिनै शुरु भएको भक्तजनको आगमन तथा सहभागिता उल्लेख्य रहेको मन्दिरका पुजारी भगवान्हरि धितालले जानकारी दिएका छन् ।
उहाँको अनुसार गत आइतबार (एकादशी) देखि शुरु भएको भक्तजनको आगमन एकादशी (आइतबार) देखि मंगलबारसम्म दश हजार भन्दाबढी भइसकेका छन् । मुख्य दिन आज र बिहीबार त्यति नै सङ्ख्यामा भक्तजनले दर्शनको लागी अन्दिर आउने अपेक्षा छ ।
स्थानीयबासीको अनुसार करीब २०० वर्ष अघि स्थानीय बासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आरना तथा आस्था प्रकट गर्ने गरेका छन् ।
समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडाँैको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती पनि जोडिन्छ । ‘भत्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी आउने गरेको पूजारी धितालको भनाइ छ । मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउनी हुने लगायतको विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन् ।
‘सानो पशुपतीनाथ’ को रुपमा परिचित महादेव दुप्चेश्वर गाउँपालिका–३ मा अवस्थित छ । उक्त स्थानसम्म जान भौगोलिक रुपमा कठिन हुने हुँदा एक पटक पुग्नु नै पर्छ भन्ने धेरै भक्तजनको भाकल पूरा गर्न सहज व्यवस्थापन बनाउन आफूहरु सक्रिय रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। उनको अनुसार जात्रामा सहभागी भक्तजनका लागि आउजाउ सहज बनाउन रामती बजारसम्म नै यातायातको साधन सञ्चालनमा ल्याइएको छ । जसको कारण १५ मिनेट पैदल हिँडेरै भगवान्को स्थलसम्म पुग्न सकिन्छ ।
जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बाँस बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाक्री, लामा, ठ्याङ्ग्रेहरुको लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको अध्यक्ष तामाङले जानकारी दिए । दुप्चेश्वर जात्रामा धुपी, डोको, थुञ्चे बिक्री मेलामा फस्टाउने भए पनि सरकारले निगालो कटानमा लगाएको प्रतिबन्धले हस्तकलाबाट उत्पादित सामग्री बेच्न बस्नेको सङ्ख्या पछिल्लो वर्षहरुमा घट्दै गएको छ ।
दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत जिल्लाबाट तीर्थालुहरु दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेका छन् । गतवर्ष धान्य पूर्णिमाको अवसरमा १५ हजार दर्शनार्थीले दर्शन गरेकाले यस वर्ष त्योभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस