काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गरेका छन ।
प्रत्येक पाँच वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गरेका हुन् ।
उनले भने , “गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास छ । यहाँ विश्वकै ध्यान केन्द्रित गर्ने महामेला लाग्छ । यो सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने सम्पदा सूचीकृत भए मधेशको गौरव बढ्नेछ ।”
अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवद्र्धन गरी मधेशमा पर्यटक ल्याउन सकिने पनि बताए । उनले जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा समेट्न आग्रह गरे । नेपालका १० वटा सम्पदा युनेस्कोले सूचीकृत गरे पनि प्रदेश नं २ का कुनै पनि सम्पदा हालसम्म समेटिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस