काठमाडौँ– भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ ।
यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गरे । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो । ठीक एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको हो । यस विहारको लागत रु ५० लाख रहेको छ ।
प्रमुख शाक्यले सत्तल, महाविहार, पाटी–पौवा, मन्दिर पुनःनिर्माण महानगरपालिकाको नीतिभित्रै रहेको बताए । कामपाले नयाँ निर्माणलाई निषेध गरेको छ र पुनःनिर्माणलाई प्राथमिकता दिएको छ भन्दै उनले पुनःनिर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाएको बताए ।
कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव नभएको शाक्यले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस