भद्रपुर– झापाको अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरुसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको छ ।
बाह्र वर्ष बनवास बसेका बेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किंवदन्ती महाभारत कथामा वर्णित छ । सोही स्थानमा हाल अर्जुनधाराधाम रहेको मानिँदै आएको छ । अर्जुनधारा नगरपालिकाले धामको प्रवेशमार्गसमेत रहेको शनिश्चरे बजारमा महाभारतकालीन कथामा वर्णित पात्रको कलात्मक झलक प्रस्तुत गर्न रु ४६ लाखमा विभिन्न मूर्ति निर्माण गरिरहेको नगरप्रमुख हरि रानाले बताएका छन् ।
मूर्ति बनाउन कमल गाउँपालिका–५ का मूर्तिकार भक्तिमान राईलाई ठेक्का दिइएको छ । नगरपालिकाको नामाकरणसमेत अर्जुनधाराधामकै प्रसिद्धीका कारणले भएको हो । नगरप्रमुख रानाले ती मूर्ति सजाएपछि अर्जुनधारा धार्मिकस्थलको महत्व स्थापित हुने र यहाँ तीर्थाटनमा आउने पर्यटकको सङ्ख्या बढ्ने जानकारी गराउनुभयो । बनाइएको प्रतिमामा भगवान् श्रीकृष्णले हाँकेको रथमा योद्धा मुद्रामा उभिएका गान्डिव धनुषधारी अर्जुन र तिर्खाएका गाईलाई प्यास मेटाउन धरतीबाट जलधारा निकाल्न बाण हान्दै गरेका अर्जुन ज्यादै कलात्मक र आकर्षक छन् । अर्जुनधाराको शनिश्चरे झापाको पुरानो बजार र साहित्यिक केन्द्र हो ।
आदिवासीले गोरुगाडा हाँक्दै गरेको विशाल मूर्ति शनिश्चरेमा राखिने नगरप्रमुख रानाले बताएका छन् । शनिश्चरेमा राख्नका लागि साहित्यकार एवम शिक्षासेवी महानन्द सापकोटाको पूर्णकदको प्रतिमा, आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टको अर्धकदको प्रतिमासमेत निर्माण भइसकेको छ । तामाको छानो लगाएर प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको अर्जुनधारा मन्दिर परिसरमा अर्जुनले बाण हानेर निस्किएको पानीले बनेको धार्मिक विश्वास गरिने जलकुण्डसमेत छ । उक्त धार्मिकस्थलको चित्र नेपालको हुलाक टिकटका रुपमा छापिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस