दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ ।
सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो । पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भइरहेको गाईखुरा महादेव मन्दिरसम्म पुग्नका लागि सडक स्तरोन्नतिको कामसमेत भइरहेको छ ।
तीन शक्ति, एक शिला र पाँच अवतार रहेको गाईखुरा महादेव मन्दिर धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ । गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग र दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ । यो मन्दिरमा वेद, रुद्री, चण्डी र सवालाख बत्ती बालेर दर्शन गरेमा जुनसुकै सङ्कट परे पनि समाधान हुने, आपतविपत दुर्घटनाबाट बचाउने, अकालमा मर्नबाट जोगाउने, धन प्राप्ती हुने विश्वास रहँदै आएको छ ।
विगतदेखि नै स्थानीयवासीले नै सुधार र संरक्षण गर्दै आएको यो स्थानमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गर्न रु ३० लाख बजेटको व्यवस्था गरी निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ । प्रसिद्ध गाईखुरा महादेवको मन्दिर प्रचारप्रसार र पूर्वाधारका अभावका कारण ओझेल परेको भन्नुहँदै गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मन्दिरको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको बताउनुभयो ।
नयाँ तीर्थस्थलको रूपमा श्रद्धालु भक्तजनले रुचाएको गाईखुरा महादेव मन्दिरसम्म नै यातायात सञ्चालन भएपछि टाढा–टाढादेखि आएर रात बसेर पूजापाठ र दर्शन गरी श्रद्धालु भक्तजन फर्कने गर्दछन् । हाल मन्दिरमा दर्शन गर्नका लागि भारतीय दर्शनार्थी पनि आउन थालेको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस