आज वडा दशैंको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा आराधना गरी मनाईदै छ ।
आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भए बमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन छ ।
तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ । माता कात्यायनी अमोघ फलदायिनी देवी हुन् । भगवान कृष्णलाई पतिरुपमा पाउनका लागि बज्रका गापिनीहरुले यिनै देवीको पूजा गरेका थिए ।
माता कात्यायनी बज्रमण्डलकै अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् । माता कात्यायनीको स्वरुप अत्यन्त चमिकिलो र भास्वर छ । यिनका चार वटा भुजा छन् । माताको दाया माथिल्लो हात अभयमुद्रामा तथा तल्लो वर मुद्रामा अवस्थित छ । वायातर्फको माथिल्लो हातमा तरवार र तल्लो हातमा कमलको फुल सुशोभित छ । माताको वाहन सिंह हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस