वि.सं.२०७६ साल असोज १६ गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर ०३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि पञ्चमी,२३ घडी ०५ पला,दिउसो ०३ बजेर ११ मिनेट उप्रान्त षष्ठी । नक्षत्र अनुराधा,२९ घडी ५० पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त ज्येष्ठा । योग प्रिती,०८ घडी ०४ पला,बिहान ०९ बजेर ११ मिनेट उप्रान्त आयुष्मान । करण वालव,दिउसो ०३ बजेर ११ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ४५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा आनन्द योग । चन्द्रराशि बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४६ मिनेट । दिनमान ३० घडी ३३ पला । शारदीय नवरात्र। पचली–भैरव यात्रा। उपाङ्गललिता व्रत।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । व्यापार व्यावसाय लगानि गरिने मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिवार तथा आफन्त सँग घरायसि कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययन,लेखन, संगित र कलामा रुचि बढ्नुको साथै तपाईको प्रतिभाको उच्च सम्मान हुँनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । बिद्यामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँन सकिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । समयको महत्व बुझि अगाडि बढ्दा जिवन शैलिमा उल्लेख्य सुधार हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सुचना प्रबृधिको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति तथा समाजसेवामा जनताको कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राम्रो काम गरि परिवार तथा समाजमा गुमेको साख फिर्ता गर्ने समय रहेकोछ । अध्ययनमा समय लगानी गर्ने बिद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । व्यापारी,उद्योगी तथा कलाकारिता क्षेत्रमा समय खर्चनेहरुका लागी समयले राम्रा अवसर प्रदान गर्नेछ । प्रेममा नजिक हुन सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानिका स्रोहरु बढाउँन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि नाँफा कमाउन सकिनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक उन्नति हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको कामबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पढाई लेखाईमा मन जानेहुदा नतिजा अफ्नै पोल्टोमा पार्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ईमान्दारि तथा लगनशिल भई लाग्नाले मात्र भनेजस्तो सफलता हात पार्न सकिनेछ । जिवन शैलि व्यास्त रहेपनि उपलब्धि भने न्युन हुनेछ । राजनीतिज्ञ तथा सामाजिक काम गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले हातमा आईसकेको उपलब्धि फुत्कन सक्छ । यात्रा गर्दा वा यात्रासँग सम्बन्धित कामगर्दा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस