वि.सं.२०७६ साल असोज १५ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि चतुर्थी,२६ घडी ०८ पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र विशाखा,३१ घडी ०१ पला,बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त अनुराधा । योग विष्कुम्भ,१३ घडी ३२ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त प्रिती । करण भद्रा,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४५ मिनेट उप्रान्त वालव । आनन्दादिमा धाता योग । चन्द्रराशि तुला,मध्यान्ह १२ बजेर ३२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान ३० घडी ३७ पला । शारदीय नवरात्र। विश्व अहिंसा दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ। माया प्रेम तथा पति पत्निबिचको सम्बन्ध थप प्रगाड हुनेछ। विलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला। आफन्त तथा चेलीमाईती बिच मनमुटाब बढ्ने योग रहेकोछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा कुटुम्बबिच रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ। भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ। एकल तथा संयूक्त व्यावसायबाट वा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ। व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कर्मचारि,राजनेता तथा सामाजिक क्षेत्रमा कामगर्ने अभियन्ताले सहकर्मी तथा सहयात्रिबाट सहयोग पाउनेछन्। कुनैपनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उपलब्धि हासिल गर्न सकिनेछ। बिद्यार्थीहरुका लागि आजको दिन सफलता हात पार्न सकिने समय रहेकोछ। बिहानको समय मध्ययम रहेकोले अवसर प्राप्त भएपनि समयमा काम गर्न सकिनेछैन। अध्ययनमा ध्यान नजादा प्रतिष्पर्धिहरुनै हावी हुनेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ। कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन्। मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ। व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ। गरिएका कामबाट छोटो समयमानै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन। अरुको आश गर्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ। साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ। खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा लगानि गरि आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ। प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ। अध्ययनमा अरुभन्दा एक कदम अगाडि बढि पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ। कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ। सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ। नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन्।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समयमा लामो दुरिको यात्रा तथा बिदेश सँग सम्बन्धित कामहरु हुनेछन्। बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ। मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरि नाम कमाउँन सकिनेछ भने व्यापारमा नयाँ लगानि थप्न सकिनेछ। ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ। आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक राय बाझिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ। बिहानको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक तथा तारिफयोग्य काम गरि चर्चामा आउन सकिनेछ। छुट्टिएका प्रेम सम्बन्ध पुनह सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ। बिशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ। पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साहसी काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ। व्यापारमा लगानी गर्ने व्यापारीहरुका लागी आजको दिन उत्तम रहकोछ। राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोले पद तथा मानसम्मान पाउने योग रहेकोछ। आज गरिने लगानिबाट पछि सम्म आम्दानि भईरहनेछ। अरुलाई दिएको बाचा पुरा गर्न सकिने हुदा मन प्रशन्न हुनेछ। बिहानको समय राम्रो नभएकोले यात्रा गर्दा ध्यान अवस्य दिनुहोला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
जिम्मेवारि सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउँन सकिनेछ। धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ। खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ। रोकिएर बसेका कामहरु मन्द गतिमा भएपति अन्तत पार लगाउँन सकिनेछ। बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस