धर्ममा निकै चासो राख्ने हिन्दु धर्मावलम्बीहरु पूजा आरधना गर्नमा निकै चासो राख्ने गर्छन् । हरेक दिन छुट्टा छुट्टै भगवानको विशेष पुजा गर्ने गरिन्छ । त्यस्तै आज सोमबार भगवान शिवको पुजा गरेमा मनोकामना पुर हुने विश्वास रहेको छ । सोमबारको कारक ग्रह चन्द्र भएको कारण यसको स्वामी शिव भएकाले शिवलाई पुज्ने गरिन्छ ।
सोमबार चन्द्र र शिवको उपसना गर्नाले जीवनमा आइपर्ने हरेक किसिमका बाधाहरु हटेर जाने धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैले आज हामी सोमबारको दिन गर्नुपर्ने कार्यहरुको बारेमा लेखेका छौँ । जसले दुर्घटना र मृत्युबाट बचाउँछ । भगवान शिवको आरधना गर्नाले मनोकांक्षा पुरा हुने विश्वास रहेको छ ।
ग्रह दोषको कारण जीवनमा भोग्नु परेको हरेक किसिमको समस्याहरु भगवान शिवको आरधना गर्दा दुर हुने धार्मिक शास्त्रमा उल्लेख छ । त्यसकारण शिव भगवानको पूजा विधिसहित पूजा गर्दा मन्त्रहरु जप्दै पुजा गरेमा शिवजी छिटो प्रसन्न हुने र चाढै सफलता मिल्ने गर्छ ।
मन्त्र :- ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , ९नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्पू ।।
सोमबारको दिन सबेरै उठेर नुहाउने सम्भव भएसम्म मन्दिर गएर माता पार्वती र नन्दीलाई गंगाजल चढाउने । त्यसपछि शिव लिंगमा चन्दन चामल, बेलपत्रर धतूरोको फूल चढाउने । त्यसपछि पूजा सम्पन्न गर्नको लागि भगवान शिवलाई घिउ वा सख्खरको भोग लगाउने अन्तिममा धुप बालेर आरती गर्ने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस