पोखरा – गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा शोभायात्रा सहित नवदुर्गा महोत्सब–२०७६ शुरु भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितिको अयोजनामा वडा दशैंको स्वागतार्थ शोभायात्रा सहित आज (आईतबार) घटस्थापना पुजा गरी महोत्सब शुरु गरिएको हो ।
समितिका सचिब तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैको स्वागत गरेको बताए ।
उनले उक्त शोयायात्रामा नवकन्या आरुढ नौ रथ सहित बिन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक बैंक तथा बित्तिय संस्थाहरु, शैक्षिक संस्थाहरु, भजन समुहहरु र वाणिज्य तथा बस्तुगत सँघहरुको उल्लेख्य सहभागिता रहेको बताए । उनका अुनसार महोत्सब नवनीसम्म सञ्चालन हुनेछ ।
श्रेष्ठले महोत्सब अवधिभर रात्रिकालिन आरती समेत गरिने बताउदै युवा पण्डित नारायण देवकोटाले संगीतमय झाँकी सहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्ने बताए । श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ ।
उनले बिजयादशमीको दिन बिहान ४ बजेतदेखी नित्य पूजा आरम्भ र्भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने श्रेष्ठले बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
तस्बिर- सुशान्त गाहा मगर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस