वि.सं.२०७६ साल असोज ११ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि औंशी,४८ घडी ०८ पला,रातको १२ बजेर २२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरफाल्गुनी,४३ घडी ३६ पला,बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त हस्त । योग शुक्ल,४१ घडी २३ पला,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त ब्रम्ह । करण चतुष्पद,दिउसो ०१ बजेर ३४ मिनेट उप्रान्त नाग,रातको १२ बजेर २२ मिनेट उप्रान्त किंश्तुध्न । आनन्दादिमा उत्पात योग । चन्द्रराशि सिंह,बिहान ०६ बजेर ३६ मिनेट कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान ३० घडी ५३ पला । दर्श(श्राद्ध। औंसी श्राद्ध। पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति। हलो तथा निशि बार्ने औंसी।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चुनौतिका पहाड चिर्ने आट पलाउँनेछ भने तपाईका बारेमा नराम्रा कुरा गर्नेहरुलाई तह लगाउँन सकिनेछ । ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । माया प्रेममा आफ्नो प्रियपात्रलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन खुसि हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनितिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईकै फैसला हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अवसर प्राप्त भएपनि काम गर्न आट नआउँदा अरुभन्दा पछि परिनेछ । पन परेको मानिस टाडिने हुदा मन खिन्न हुनेछ । व्यापारमा नाँफा कमाउँन प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा मन गएपनि नतिजा भने अरुकै पोल्टोमा पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समउ उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनु जरुरि छ खानपाकै कारण समस्या आउँन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राजनीति तथा आफ्नो क्षेत्रमा राम्रा काम गरि प्रभुत्व जमाउँन सकिनेछ । अरुको मन जितर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अग्रज,आफन्त तथा साथिभाईको बिषेश भेटघाटले व्यावसायको लागि योजना बनाउँन सहयोग पुग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ भने विलाशी बस्तुको प्रयोग मार्फन अरुको मन आकर्षित गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ काममा हात हाल्ने समय रहेकोछ भने पैत्रिक धन तथा सम्पतिको प्रयोग तथा परिचालन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडि बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारि साधन तथा भौतिक सम्पति प्राप्तीको योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अवसरहरुलाई सदुयोग गरि मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानि गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निको सहयोग राम्रा काम गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिस्थिती अनुकुल तथा सहज बनाईराख्न प्रशस्त समय खर्चनु पर्नेछ । अध्ययनमा समय दिएपनि न्युन प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । तरपनि अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिने भएपनि बाटोमा समस्या झेल्नु पर्ने हुन सक्छ । राज्यसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभुति हुनेछ । व्यापारमा मन्दि आउँनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ । आफनत तथा दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुदा हुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायिक क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस