वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी,१४ घडी २४ पला,बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । नक्षत्र पुनर्वसु,०२ घडी २४ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त तिष्य । योग परिध,१८ घडी ३६ पला,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त शिव । करण भद्रा,बिहान ११ बजेर ४३ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान ३० घडी १० पला । एकादशी श्राद्ध।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरजग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ। कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ। मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ। साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुँनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन्। छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न। परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ। सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ। थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रश्ताव आउँनेछ। पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरि दिन व्यातित गर्न सक्नेछन्।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँनयाँ कामको प्रस्ताव आउँनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ। सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेकोछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउँदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ।खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ। तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि समय उत्तम रहेकोछ। विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ। पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ। शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ। दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ। सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपश्थिति रहनेछ। कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ। खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ। सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ। धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्र्नु पर्ने हुनसक्छ। व्यापारमा मन्दि आएसँग आर्थिक स्थिति सहजीकरण गर्न गाह्रो हुनेछ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि यात्राको सम्भावना प्रवल रहेकोछ। नसोचेको धन सम्पति प्राप्त हुने योगलाई नकार्न सकिदैन। अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनपरेका मानिससँग रमाईलो यात्रामा निश्कन सकिनेछ। व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ भने व्यापारकै सवालमा देश बिदशका यात्राको तय गर्न सकिनेछ। अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। स्थाई सम्पति जोडने योग रहेकोछ। साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रियजन भेट हुनुको साथै आधित्यपुर्ण सम्मान पाईनेछ। पढ्ने लेख्नेकाममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ। वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन्। नोकरिमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन्।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा साथिभाई सँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन्। राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला। निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन्। घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस