भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित गुण्डुको चार रोपनी क्षेत्रफलमा माता पाथीभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ ।
आज भक्तपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै आगामी असोज १२ गतेदेखि २१ गतेसम्म गुण्डुको सुब्बा पाखामा आयोजना गरिने शतचण्डी ज्ञान महायज्ञ एवं नवरात्रमा वैष्णोदेवी महोत्सवबाट सङ्कलित रकमबाट मन्दिरको निर्माण गरिने भएको बताइएको हो ।
बहुसांस्कृतिक बहुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माणको सहयोगार्थ श्रीमद्देवी भागवत् नवाह शतचण्डी ज्ञान महायज्ञ एवं माता पाथीभरा वैष्णोदेवी महोत्सव नेपालका प्रख्यात १८ पुराण प्रवक्ता लक्षण शास्त्रीको प्रमुख वाचकत्वमा महायज्ञ सञ्चालन हुने भएको छ ।
नेपालका राष्ट्रिय कलाकारको सहभागितामा भजनकीर्तन देवलीला झाँकी तथा गुरूवर्गहरुबाट शतचण्डी पाठपारायण र दैनिकी हवन हुने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयोजक अरबिन्द शास्त्रीले जानकारी दिए ।
भक्तपुरमा पाथीभरा मन्दिरको निर्माणका साथै संस्कृत भाषा सबै जातजातिका साझा भाषा भएको बताउँदै उहाँले सोही स्थानमा पाथीभरा मन्दिर निर्माणसँगै श्री द्वारकापुरी दिव्यधामसमेत निर्माण गरिने जनाइएको छ ।
ताप्लेजुङको पाथीभराबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्रस्वरुपको त्रिशूल शक्तिको रुपमा गत असार ४ गते सोही स्थानमा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेत लगागतले शिलान्यास गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस