वि.सं.२०७६ साल असोज ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी,२४ घडी ५८ पला,दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । नक्षत्र भरुणी,०२ घडी ३१ पला,बिहान ६ बजेर ५१ मिनेट उप्रान्त कृतिका । योग हर्षण,४१ घडी २६ पला,बेलुकी १० बजेर २५ मिनेट उप्रान्त बज्र । करण तैतिल,दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त गर,रातको ०३ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान ३० घडी ३० पला । पञ्चमी श्राद्ध।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविश्यमा आम्दानि भईरहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समयमा लामो दुरिको यात्रा तथा बिदेश सँग सम्बन्धित कामहरु हुनेछन् । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरि नाम कमाउँन सकिनेछ भने व्यापारमा नयाँ लगानि थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेकोछ । आत्मबिश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउँन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सापटि मागेर वा ऋण खोजेर व्यापारमा लगानि नगर्नुहोला समय मध्ययम रहेकोले आम्दानि नयून हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । पानी तथा खनिज पदार्थसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिका यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागि गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । साझपख सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
घरायसि सेवा सुबिधाको उपयोग गरि अगाढि बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानि गरि आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनितिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । साझपख माया प्रेममा सामिप्यता बढेर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
लेखन कला तथा साहित्यमा समय लगानि गरि आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारि चलाउँदा ध्यान दिनुहोेला । प्रेममा अबिश्वास सिर्जना हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस