पोखरा-तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा पोखरा सभागृहमा स-पु क्ह्याल्स साँस्कृतिक साँझ सम्पन्न भएको छ ।
तमू जातिको कुल धर्म तथा बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचारप्रसार गर्न र राष्ट्रिय जनगणनामा बोन धर्मावलम्बीको सङ्ख्या अधिक बनाउने उद्देश्य सहित गत शनिबार कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा तमु युवा कलाकारहरुले करिब दर्जन भन्दा बढी मौलिक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए। बिशेषगरी गुरुङ जातिको लाहुरे परम्परा, विवाह, मृत्यु लगायतको मौलिक संस्कारको बारेमा आफनो अभिनायत्मक प्रस्तुती राखेका युवा समितिका महासचिब पबित्रा गुरुङले बताईन।
उनका अनुसार गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङले आफनो गीत संगीत प्रस्तुत गरे।
उनले सो कार्यक्रममा तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आबद्ध करिब ६० जना कलाकारले नृत्य र अभिनय प्रस्तुत गरेको उल्लेख गरिन।
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष सुकबहादुर तमूको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष रुपा ल्हेगे तमूले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने समितिका महासचिव पवित्रा तमूले कार्यक्रम सञ्चालन गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस