पोखरा-कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा करिब २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होईबो निर्माण हुने भएको छ। तमू जातिको मौलिक र कुल तथा बोन धर्मको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले उक्त क्होईबो निर्माण गर्न लागिएको हो। उक्त क्होइबो निर्माणका लागि चिउली पार्चे तमू समाज घर पोखरामा एकसाँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम मार्फत १ करोड ४ लाख ४६ हजार आर्थिक सहयोग प्राप्त भएको नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष तथा पच्यु गुरु कुलप्रसाद क्रोम्छे तमूले जानकारी दिए।
कार्यक्रममा क्होइबो निर्माणको लागि भन्दै सिक्लेस हर्पुथर क्रोम्छे परिवारबाट ५ लाख रुपैंया, सोहि परिवारको क्रोम्छे चेलिबेटीबाट २ लाख ५ हजार प्रदान गरिएको थिायो। त्यस्तै सभाथर भाइखलकबाट ५ लाख ५९ हजार १ सय १० रुपैंया सहयोग प्रदा गरे भने कास्कीको मिर्सा गाउँका क्रोम्छै भाइखलकबाट ५० हजार र सोहि खलकको चेलिबेटीबाट २५ हजार प्रदान गरिएको गुरुङले बताए।
उनका अनुसार ब्यक्तिगत रुपमा चन्द्रबहादुर गुरुङले ५ लाख क्होइबो निर्माण समितिका अध्यक्ष कुलप्रसाद क्रोम्छे तमुले ३ लाख तथा उनका छोरी ज्वाईहरु रुपा क्रोम्छे, टिका क्रोम्छे र प्रमिला क्रोम्छे हाल हङकङकबाट ६ लाख प्रदान गरिएको थियो।
त्यसैगरी हङकङबाट शेरबहादुर क्रोम्छेले १ लाख, मायाकुमारी क्रोम्छेले १ लाख, यस्तै वीरध्वोज गुरुङले १ लाख, सुजन र निशान थापाले १ लाख, टेकसिंह क्रोम्छेले २ लाख लेखबहादुर क्रोम्छेले २० हजार, अरुण क्रोम्छेले १ लाख, तेजबहादुर क्रोम्छेले १ लाख, संगीता क्रोम्छेले १ लाख, पूर्णबहादुर क्रोम्छेले १ लाख, होमाया क्रोम्छेले १ लाख तथा अन्य सहयोगदाताबाट समेत गरी हङकङबाट मात्रै २० लाख रुपैंया आर्थिक सहयोग प्रदान गरिएको निर्माण समितिले जनाएको छ।
सोही अनुरुप गुनश्री गुरुले १ लाख, हाईसुब्बा गुरुङले ५० हजार, चुरमान गुरुङले ५० हजार, गोपीराज गुरुङले १० हजार, बेलबहादुर गुरुङ, इन्द्रकुमारी गुरुङ, बबी गुरुङ, लालकुमारी गुरुङ र सु.रनबहादुर गुरुङले जनही १० हजार प्रदान गरे।
त्यस्तै घान्द्रुक गरब्जा चेलीबेटीहरुद्वारा ५० हजार, काजी गुरुङले ५० हजार सहयोग प्रदान गरेका थिए।
नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा समाजका युवा कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस