वि.सं.२०७६ साल असोज ०१ गते । बुधबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि चतुर्थी,२३ घडी २६ पला,दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त पंचमी । नक्षत्र भरुणी,अहोरात्र । योग व्याघात,४३ घडी ०९ पला,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त हर्षण । करण बालव,दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ३५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा काण योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान ३० घडी ३४ पला । चतुर्थी श्राद्ध। आश्विन संक्रान्ति। विश्वकर्मा पूजा। वास्तु दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउने तथा लगानि नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियम संगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ । राम्रोहुने आषामा धेरै बस्तु त्याग्नु पर्ने बाध्यता आउँनेछ । तरपनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछभने विदेशि भुमिमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापारमा लगानि गरि राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा तथा लेनदेनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ । बिद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले पुरस्कार तथा प्रशङसा पत्र पाईनेछ । अध्ययनकै शिलशिलामा स्कुल,कलेजको भ्रमण गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्त तथा दिदिबहिनीसँग मनमुटाब तथा बिवाद बढ्ने योग रहेकोछ । कुनैपनि काम पुनह गर्नुपर्दा नैराश्यता बढ्नेछ । आर्थिक मुद्दाहरु हल गर्न निकैनै समय खर्चनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा गर्न चाहनेहरुका लागि समयले साथ दिने छैन । तरपनि लामो दुरिको यात्राको सम्भाावना बलियो रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । व्यापार व्यावसाय लगानि गरिने मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय तथा परिश्थितिको तालमेल मिल्दा चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । गरेको कामबाट भनेजस्तो आम्दानि हुदा व्यापारमा थप लगानि बढाउन सकिनेछ । आफन्त तथा सन्तानको समयोगले दैनिकी सहजीकरण तर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुने तथा पढाइकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नाम कमाउँन गरिएका प्रयासबाट उल्टै क्षति बेहोर्नु पर्नेछ भने सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुँनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थि काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निश्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउँन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । व्यावसाय फस्टाएरु जाने तथा आर्थिक गतिबिधिमा सम्लग्न भई धन तथा सम्पति कमाउँन सकिनेछ । घरपरिवारमा मानिसँग जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस