वि.सं.२०७६ साल भाद्र ३० गते । सोमबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि द्वितीया,१६ घडी ५३ पला,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र रेवती,५४ घडी १८ पला,रातको ०३ बजेर ३३ मिनेट उप्रान्त अश्विनी । योग वृद्धि,४३ घडी ४७ पला,बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त ध्रुव । करण गर,दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मातंग योग । चन्द्रराशि मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४२ पला । पञ्चक। पञ्चक समाप्ति। तृतीया श्राद्ध।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अनाबस्यक विवादले समस्या निम्त्याउँन सक्छ ध्यान दिनुहोला । राजनिति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नया प्रबृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउँनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमि आउँनेछ । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
योजना कार्यान्वयनको चरणमा लैजान सकिनेछ । ईमान्दारिता र लगनशिलताले लक्ष्य पहिल्याउन सहज हुनेछ । अथितिका रुपमा स्वागत तथा सत्कार पाईनेछ । यात्रा राम्रो तथा उपलब्धिमुलक हुनेछ । लामो दुरिको धार्मिक यात्राको तय हुनेछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । रमाईलो यात्राको बिच मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा हातमा आईसकेका बिभिन्न अवसरहरु गुम्नेछन् । नचाहादा नचाहादै प्रिय पात्रसँग छुट्टिनुपर्दा मन खिन्न हुँनेछ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक बस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउँन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउँको यात्रामा निश्कन सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिष्पर्धामा अलि बढि समय लगानी गर्दा नतिजा आफैतिर पार्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा हुने यात्रा खर्चिलो बन्नेछ भने सफलता प्राप्त गर्न प्रशस्त समय खर्चनु पर्नेछ । हडबढि तथा आत्तिने बानिले घर परिवारमा समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । समयको काम अनुसार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुने तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । तरपनि सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनिति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखि रिसाउँनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । अध्ययन अध्यापनमा भनेजस्तो नतिजा नआउँन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ओजिलो बोलिको प्रभावले समाजमा सकारात्मक कामको थालनि हुँनेछ भने राजनितिक यात्रा सफल रुपमा अगाडि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने तथा कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लगनशिलता तथा मेहनेतले राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुने तथा दिगो काम प्रारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुले पद तथा मान सम्मान पाउने योग रहेकोछ । व्यापारमा थोरै लगानिबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस