वि.सं.२०७६ साल भाद्र २८ गते । शनिबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि पूर्णिमा,०७ घडी १२ पला,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाभाद्रपदा,४२ घडी २६ पला,बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग शूल,४१ घडी ३७ पला,बेलुकी १० बजेर २७ मिनेट उप्रान्त गंड । करण बव,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त बावल,बेलुकी ०९ बजेर ४३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा काल योग । चन्द्रराशि कुम्भ,बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान ३० घडी ५० पला । पञ्चक। येँ पुन्ही। वंगया–मंगया। काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान। भक्तपुरको सिद्धपोखरीमा मेला। सोह्रश्राद्ध सुरु। प्रतिपदा श्राद्ध। प्राणनाथ–छत्रशाल मिलाप–दिवस। चेपाङहरूको चोनाम पर्व।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउँनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्राकाम गर्ने अवसर गुम्नेछ । बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । साझपख लामो दुरिको यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रसस्त समय लगानी गरेपनि न्युन आम्दानीमा चित्त बुझाउनु पर्नेछ । आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गदागर्दै आलोचना सहनु पर्नेछ । अग्रज तथा आफन्त सँग विवाद तथा मनमुटाब सिर्जना हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक तथा राजनीतिक काममा रुचि बढ्ने तथा राम्रा काम गरि नाम दाम दुवै कमाउँन सकिनेछ । धार्मिक मनोबृति बढ्नेछ भने धार्मिक क्षेत्रसँग सम्बन्धित व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । भाग्यले साथ दिने हुनाले सानो लगानि वा प्रयत्नले राम्रा काम गर्न सकिनेछ । कल्पना तथा तार्किक क्षमतामा बृद्धि हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पति तथा सवारिको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु विच मनमुटाब सिर्जना हुनसक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँनेछन् । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुँनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । साझपख व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिद्या तथा प्रतिष्पर्धामा सहपाठिहरुलाई पछि पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउँनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । साझबाट समय राम्रो रहेकोले खोजमुलक क्षेत्रमा गरिएको प्रयासबाट सकारात्मक नतिजा आउनाले मन प्रशन्न हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो बाताबरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् । साझपख यात्राको गतिलो योग रहेकोछ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस