वि.सं.२०७६ साल भाद्र २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि चतुर्दशी,०२ घडी ०४ पला,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र शतभिषा,३५ घडी ५४ पला,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग धृति,४० घडी ०४ पला,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त शूल । करण वणिज,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान ३० घडी ५४ पला । पञ्चक। कुमारी इन्द्रजात्रा। स्वाँछाय्। लड्कु ढँडार मष्टोपूजा। पूर्णिमा व्रत। सदगुरु श्री देवचन्द्र महाराजको धामगमन।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसाय तथा अन्य क्षेत्रबाट मनग्गे धन आर्जन भएपनि खर्च बढिनै हुनाले व्यालेन्स बिग्रन सक्छ । दाजुभाई तथा आफन्तबिच सानो सानो कुरामा राय बाजनेछ । आटेको काम परिश्थितिबस ढिला हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेमा कुनै शंका छैन । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला बिवाद हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले आज गरिने कामहरु ढिलामात्र सम्पादन हुनेछन् । समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्रा लगानी गर्नुहोला व्यापारमा मन्दि आउने योग रहेकोछ । पढाइ लेखाइमा आशिंक सफलता हात पार्न सकिनेछ । अग्रज,आफन्त तथा बुवासँग मनमुटाब बढ्ने योग रहेकोछ । नोकरिमा दुर्गम स्थानमा स्थानान्तरण तथा केही
कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
जिम्मेवारि सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउँन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपति अन्तत पार लगाउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अवसर प्राप्त भएपनि अनावस्यक भेटघाट तथा अरुकै कामले अलमल्याउन सक्छ । बलभन्दा बुद्धिको प्रयोग मार्फत काममा जुट्नुनै आजको दिन राम्रो रहनेछ । यात्रागर्दा ध्यान नदिय जोखिम बढ्न सक्छ । पढाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा अवसर भन्दापनि चुनौतिको सामना गर्नु पर्नेछ । प्रेममा अविस्वास बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रतिष्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिष्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
उद्यमी तथा व्यापारीहरुका लागि दिनले साथ दिनेहुदा प्रशस्त आम्दानि गर्न सक्नेछन् । आकस्मिक धनसम्पति लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक बस्तु तथा सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनितिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लेखन,कला तथा साहित्यको क्षेत्रमा प्रसस्त समय दिएपनि ढिलामात्र चाहेको उपलब्धि हासिल हुनेछ । न्यालयसँग सम्बन्धित कामहरु थाती राख्नुहोला समय मध्ययम रहेकोछ । दाजुभाई तथा छिमेकीसँग सम्बन्ध चिसिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । व्यापारमा मन्दि आउने तथा उत्पादन मुलक क्षेत्रमा मन्दि आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कलाकृति तथा गित संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ भने पद प्राप्तीको योग पनि रहेकोछ । व्यापारमा थोरै लगानि गरेपनि प्रशस्त आम्दानि हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त हुनेछ । स्रोतसाधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानिबाट आम्दानि बढाउँन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस