वि.सं.२०७६ साल भाद्र १५ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि द्वितीया,१४ घडी २३ पला,बिहान ११ बजेर २८ मिनेट उप्रान्त तृतीया । नक्षत्र उत्तरफाल्गुनी,२३ घडी ४३ पला,दिउसो ०३ बजेर १२ मिनेट उप्रान्त हस्त । योग साध्य,२१ घडी २३ पला,दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त शुभ । करण कौलव,बिहान ११ बजेर २८ मिनेट उप्रान्त तैतिल,बेलुकी २२ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा मित्र योग । चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी ४२ पला । तीजको दर खाने दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन्
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि नहुन सक्छ । तरपनि आफनत तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ । अन्य व्यावसाय मध्ययम रहेपनि शिक्षा क्षेत्रको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
कामगर्दा सचेतना अपनाउँनुहोला खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धि हासिल हुनेछैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बरबधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयले त्यति साथ नदिने हुनाले बाहिर गएर भोजन ग्रहण नगर्नुहोला वा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा मन नजादा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । तरपनि गाएन तथा मोडलिङको क्षेत्रमा समय खर्चनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
साधन स्रोत तथा प्रविधिको प्रयोग मार्फत रचनात्मक कार्य गर्न सकिनेछ । पुराना तथा नया मित्रहरुको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । राजनीतिकर्मि तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारमा नया प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । भौतिक बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साहसी काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा लगानी गर्ने व्यापारीहरुका लागी आजको दिन उत्तम रहकोछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोले पद तथा मानसम्मान पाउने योग रहेकोछ । आज गरिने लगानिबाट पछि सम्म आम्दानि भईरहनेछ । अरुलाई दिएको बाचा पुरा गर्न सकिने हुदा मन प्रशन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शरिर स्वास्थ्य नभएपनि कामको जिम्मेवारी लिनुपर्ने बाध्यात्मक अवस्था आउनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ । आषा देखाउनेहरुबाट सजक रहनुहोला । नाँफा मुलक व्यावसायभन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाई लेखाईमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस