हामी सधैं स्वस्थ्य रहन चाहन्छौं | स्वस्थ्य रहन खानपान र जीवन शैलीले ठुलो भूमिका खेलेको हुन्छ | हामीले खाएको पदार्थले हामीलाई के सहयोग गर्छ भन्ने चेतना हामीमा हुनुपर्दछ | नेपाली समाजमा बिहान चिया खाने र १०/११ बजे र बेलुका खाना खाने चलन छ | बिहान ब्रेकफास्ट खाने चलन सबै नेपाली समाजमा आइ सकेको छैन | स्वस्थ्य रहन विज्ञहरुले सुझाव दिएका छन् तर कस्तो ब्रेकफास्ट खाने भन्ने बारे एकिन गर्न जरुरि छ | यहाँ स्वस्थ्य ब्रेकफास्ट खाने बारे डा. प्रतीक पौडेलको सल्लाहलाई हामीले प्रस्तुत गरेका छौं |
१. अन्डा-अन्डा राम्रो क्यालोरीयुक्त पौष्टिक आहार हो । त्यसैले यो ब्रेकफास्टका लागि उपयुक्त छ । दैनिक दुईवटा अन्डा खाँदा दिनभरलाई आवश्यक क्यालोरीको मात्रा उपलब्ध हुन सहयोग पु-याउँछ ।
२. दूध- ब्रेकफास्टमा एक गिलास दूध खान आवश्यक छ । दूधले पनि शरीरलाई चाहिने क्यलोरी प्रदान गर्छ । बिहानको खानासँगै दूध खाएका अझ फाइदाजनक हुन्छ ।
३. फलफूल- फलफूल उच्च क्यालोरीयुक्त खाद्यपदार्थ हो । यसर्थ, मौसमी फलफूल बिहानको खाजामा खाए फाइदा गर्छ । तर, अमिलो फलफूल खाँदा एसिडिटी बढ्ने भएकाले ख्याल गर्नुपर्छ । यसर्थ, बिहानै अमिलो फलफूल खाँदा भने आफ्नो स्वास्थ्य अवस्था ख्याल गरौँ ।
४.स्याउ- स्याउ जुनसुकै उमेर र अवस्थाका मानिसले पनि खान सकिन्छ । एउटा स्याउमा एक सयदेखि दुई सयसम्म क्यालोरी शक्ति पाइन्छ । तसर्थ, बिहान सधैँ एउटा स्याउ खान सके फाइदा पुग्छ । स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बिरामीलाई फाइदा गर्छ ।
५.ब्रेड- बिहानको नास्तामा पाउरोटी, डुनोट आदिभन्दा पनि ब्राउन ब्रेड खानु लाभदायी हुन्छ । एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइन्छ ।
६.कार्बोहाइड्रेटयुक्त खानेकुरा- कार्बोहाइड्रेटयुक्त खाना बिहानै खान सकिन्छ । यसले दिनभर ऊर्जाशील रहन मद्दत गर्छ । यीबाहेक सम्भव भएमा खाना, मासु, तरकारी, सागसब्जी आदि खाँदा स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ । ब्रेकफास्टमा करिब २५ सयदेखि तीन हजार क्यालोरी भएका खानेकुरा आवश्यक छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस