काठमाडाै-साउन अन्त्यसँगै नेपालीलाई चाडपर्वको माहोलले छोपेको छ । भोलि अर्थात् ३० साउनमा हिन्दुहको पर्व जनैपूर्णिमा परेको छ ।
केही वर्षअघिसम्म सरकारले यो दिन बिदा दिँदै आएको छ । तर, याे वर्षदेखि सरकारले स्थान विशेष र जाति विशेषका लागि मात्र बिदा दिने निर्णय गरेपछि संघीय सरकारले जनैपूर्णिमामा बिदा दिएन । तर, प्रदेश सरकारले भने जनैपूर्णिमाका दिन धमाधम बिदा घोषणा गरिरहेका छन् ।
बिदा घोषणा नगर्ने प्रदेशका स्थानीय तहले समेत जनैपूर्णिमामा बिदा घोषणा गरिरहेका छन् । संघीय सरकारले बिदा नदिए पनि प्रदेश २ र सुदूरपश्चिम सरकारले भने जनैपूर्णिमाका दिन बिदा दिने घोषणा गरेका छन् ।संघीय सरकारले भने यो वर्ष १५ वटा मात्र पर्व बिदा घोषणा गरेको छ । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं उपत्यकामा चारवटा जात्राको दिन बिदा दिइएको छ । जसअनुसार ३१ साउनमा गाईजात्रा, २७ भदौमा इन्द्रजात्रा, ११ चैतमा घोडेजात्रा र मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन बिदा दिइएको छ ।
२५ कात्तिकमा फाल्गुनानन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई र २६ कात्तिकमा गुरु नानक जयन्तीमा नेपाली शिख धर्मावलम्बीका लागि संघीय सरकारले बिदा घोषणा गरेको छ ।
किरात, राई, यायोख्या, सुनुवार र लिम्बु जातिले वैशाख पूर्णिमामा (९ वैशाख) उँभौली पर्व र चण्डी पूर्णिमा मनाउन ४ जेठमा बिदा पाएका छन् ।
९ मंसिरमा किरात समुदायको उँधौली पर्व र २६ मंसिरमा नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) मनाउन बिदा दिइएको छ । सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन (६ भदौ)मा र तराई मधेसमा १६ कात्तिकमा छठ पर्व मनाउन सार्वजनिक बिदा दिइएको छ ।
इस्लाम धर्मावलम्बीले मनाउने इदु उल फित्र र इदुल जोहामा बिदा दिने निर्णय गरे पनि निश्चित दिन छुट्याइएको छैन । त्यस्तै, इसाई धर्मावलम्बीलाई मात्र लागू हुने गरी क्रिसमस डे (९ पुस)मा संघीय सरकारले बिदा दिएको छ ।
१५ पुसमा गुरुङ समुदायले तमु ल्होसार मनाउन बिदा पाएका छन् भने माघेसंक्रान्ति मनाउन १ माघमा थारु, मगर र छन्त्याल जातिलाई बिदा दिइएको छ । तामाङ समुदायले भने ११ माघमा सोनम ल्होसारमा बिदा पाउनेछन् ।हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन १२ फागुनमा सोमबार बिदा पाउनेछन् । त्यस्तै, झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लामा सिरुवा पावनी पर्व मनाइने दिन बिदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन बिदा दिने राजपत्रमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस