पोखरा – कास्कीको पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवर्दनमा लाग्नुपर्ने बताएका छन । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रवर्दन हुन नसक्दा गुफामा धार्मिक पर्यटकहरु पुग्न नसकेको वताएका हुन ।
पोखरा महानगरपालिका वडा न २० मा पर्ने हरिहर गुफामा पहिलोपटक आयोजना गरेको वोलवम जलयात्राको समापनमा पुगेका मेयर जिसीले हरिहर गुफा अझैपनि ओझेलमा परेकाले यसको संरक्षण हुन नसकेको बताए ।
भौतिक पूर्वाधार निर्माणका लागी पोखरा महानगरपालिकाले सहयोग गर्ने वताउदै जिसीले भौतिक पूर्वाधारमात्र नभएर यसको प्रवद्र्धनका लागी समेत महानगरको साथमा स्थानियले जोड दिनुपर्ने उनको भनाइ रहेको थियो ।
पोखराबाट नजिकै रहेको पवित्र धार्मिक स्थल त्यसमा पनि एतिहासिंक हरिहर गुफा आश्रम आफैमा महत्वपूर्ण भएतापनि यसको बारेमा कोही कसैलाई जानकारी नहुदा ओझेलमा परेकाले अव यसको प्रवर्दन र संरक्षणका लागी पोखरा महानगर लागी पर्ने उनले बताए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले हरिहर गुफाको प्रवर्दन गर्ने उद्देश्यले पहिलो पटक साउनको ४ वटा सोमबार बोलवम जलयात्राको आयोजना गरिएको वताउदै आगामी दिनमा पनि यसको प्रवर्दनका लागी छिमेकी वडाहरु वडा नम्बर १६ र ११ संग सहकार्य गरी अगाडी वढ््ने बताए ।
हरिहर गुफा आफैमा महत्वपूर्ण धार्मिक स्थल रहेतापनि यसको प्रचार प्रसार त्यस क्षेत्रमा हुने कार्यक्रमहरु हुन नसक्दा ओझेलमा परेको वताउदै अध्यक्ष गुरुङले आगामी दिनमा बालाचतुर्दशी, शिवरात्री जस्ता विभिन्न धार्मिक उत्सवहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी हरिहर गुफामा धार्मिक पर्यटक भित्रयाउने र त्यसका लागी वडाले विशेष सहयोग गर्ने बताए ।
त्यस्तै पोखरा १६ का अध्यक्ष जीवन आचार्यले हरिहर गुफाको विकास र प्रवर्दनका लागी आफ्नो वडाबाट समेत सहयोग गर्ने वताउदै हरिहर गुफा पोखराकै धार्मिक पर्यटकीय स्थल भएकाले पोखरा २० मात्र नभइ छिमेकी वडाहरुले समेत यसलाई प्रवद्र्धन गरी पोखराको उत्कृष्ट धार्मिक स्थल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै पोखरा ११ का अध्यक्ष मोहन बास्तोलाले हरिहर गुफाको प्रवद्र्धनका लागी यो पटकदेखी बोलवमको आयोजना गरि त्यसमा आफ्नो वडाले समेत सहभागीता जनाउन पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि हरिहर गुफा परिसरमा हुने विभिन्न धार्मिक उत्सवहरुमा आफ्नो वडाबाट सक्दो सहयोग गर्ने बताए । वडा नम्बर ११ र २० मिलेर हरिहर गुफा आउने भक्तजनहरुलाई मध्यनजर गरी हालै मणिपालदेखी पिपलडाली सम्म बिग्रको बाटो निर्माण कार्य सम्पन्न गरेको वताउदै आगामी दिनमा हरिहर गुफामा हुने सम्पूर्ण कार्यक्रममा आफ्नो वडाको समेत प्रत्यक्ष सहभागीता रहने बताए।
अघिल्लो ३ सोमबार पोखरा २० को आयोजनामा वोलवम जलयात्रा गरिएको भएतापनि अन्तिम सोमबार पोखरा ११ र २० को आयोजनामा रिट््ठाघाटबाट सेती नदीको जल लिइ वोलवम यात्राको आयोजना गरिएको थियो ।
उक्त बोलवम यात्रामा साबिकको मौजा गाविस, भलाम, फुलबारी, रानीपौवा, दीप, वगर लगायतका भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । बाजागाजा र भजन सहित भक्तजनहरु यात्रामा सहभागीता जनाएका थिए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस