वि.सं.२०७६ साल साउन २८ गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि त्रयोदशी,२० घडी २३ पला ,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरषाडा,अहोरात्र । योग प्रिती,१८ घडी ०२ पला,दिउसो १२ बजेर ४६ मिनेट उप्रान्त आयुष्मान । करण तैतिल,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त गर,रातको ०२ बजेर १४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मानस योग । चन्द्रराशि धनु,बिहान १० बजेर ३९ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा चासो बढ्ने तथा लामो दुरिको यात्राको तय हुनेछ । मध्यान्हबाट सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हरतरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बिच मनमुटाब बढ्ने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिहानको समय राम्रो रहेकोले ऋण,रोग तथा सत्रुहरुलाई पराजीत गर्दै अग्र पंत्तिमा आउन सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । पढाइ लेखाइमा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुँने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको गाठो कसिलो भएर जानेछ । बिहानको समयमा आफन्त तथा अग्रजसँग राय बाजिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट विशेष फाईदा दिन सकिनेछ । गरिएका कामबाट छोटो समयमानै भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । शत्रु तथा प्रतिष्पर्धीलाई किनारा लगाउदै अग्रगामी छलाङ मार्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवार तथा आफन्तको सहयोग पाईनेछैन । अरुको आष गर्ने बानिले आफ्नो काम अधुरो रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेको पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्तको सहयोग पाईने हुनाले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिने राजनीतिज्ञ तथा समाजसेवीहरुले मान सम्मान पाउने योग रहेकोछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । माया प्रेम तथा पति पत्निविचको सम्बन्धमा थप आत्मियता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले छात्रछात्राहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिहानको समय मध्ययम रहेकोले दिगो योजनाका लागी ऋण लिएर काम चलाउनु पर्ने बाध्यता आउनेछ । अवसरको खोजीको लागी देश विदेशको यात्राको तय गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । बिहानको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट भनेजस्तो लाभ लिन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस