वि.सं.२०७६ साल साउन २० गते । सोमबार । ईश्वी सन् २०१९ अगष्ट ०५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि पंचमी,३८ घडी ३६ पला ,बेलुकी ०८ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र उत्तरफाल्गुनी,०३ घडी ५३ पला,बिहान ०७ बजेर ०२ मिनेट उप्रान्त हस्त । योग सिद्ध,५२ घडी ३१ पला,रातको ०२ बजेर ३० मिनेट उप्रान्त साध्य । करण बव,बिहान १० बजेर ०५ मिनेट उप्रान्त वालव,बेलुकी ०८ बजेर ५५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १८ पला । नाग पञ्चमी। ललितपुरको दानघाट एवं धापाखेल तथा काठमाडौंको नक्सालस्थित नागपोखरी र टौदहमा नाग-पूजन मेला। घर-घरमा नाग टाँस्ने सांस्कृतिक दिवस। कल्की जयन्ती।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कर्मचारि,राजनेता तथा सामाजिक क्षेत्रमा कामगर्ने अभियन्ताले सहकर्मी तथा सहयात्रिबाट सहयोग पाउनेछन् । कुनैपनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उपलब्धि हासिल गर्न सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन सफलता हात पार्न सकिने समय रहेकोछ । साझपख व्यावसायिक यात्रा हुने योगलाई नकार्न सकिदैन ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । अदालति निर्णयहरु तपाइको पक्षम नआउँन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय तथा परिस्थितिसँग जुध्न नसक्दा अरुभन्दा पछि तपाईँको नाम आउँनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । सस्कार तथा सस्कृति बिर्सनाले अग्रजहरु रिसाउनेछन् । मन परेको मानिस टाडिनाले मनमा खिन्नता पैदा हुनेछ । सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयले त्यति साथ नदिय पनि प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकनिेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडि बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानि गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । खानपामा ध्यान नदिए स्वास्थ्यमा सामान्य समस्या आउँने गर्दछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कामगर्न जोस जागर आउनाले रचानात्मक कार्य शुभारम्भ गर्न सकिनेछ भने काममा सहयोग गनेहरु प्रशस्त भेटिनेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेम र मित्रताको वन्धन कसिलो हुने तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा सुधार गर्दै लैजान सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा लगानि बढाएपनि उधारा माग्ने तथा उठ्नु पर्ने रकम नउठ्ने समस्याले सताउनेछ । अध्ययनमा मन नजादा पढ्ने लेख्ने काम बाकि रहनेछ । खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मायाप्रेममा मनमुटाब बढ्ने तथा पति पत्निबिच अविश्वास बढ्न सक्छ । तरपनि अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बन्द व्यापारमा मन्दि आउँनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । उपलब्धिबिहिन तथा चुनौतिपूर्ण काममा दौडनु पर्दा समय त्यतिकै व्यातित हुनेछ । सत्रुभाव राख्नेहरु सलबलाउनेछन् भने कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । अध्ययनमा समय नदिए नतिजा अरुतिरै जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । आमा बुवाको सहयोगबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा मन लाग्ने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शरिर स्वास्थ्य नभएपनि कामको जिम्मेवारी लिनुपर्ने बाध्यात्मक अवस्था आउनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ । आषा देखाउनेहरुबाट सजक रहनुहोला । नाँफा मुलक व्यावसायभन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्र्नु पर्ने हुनसक्छ । व्यापारमा मन्दि आएसँग आर्थिक स्थिति सहजीकरण गर्न गाह्रो हुनेछ । तरपनि लामो दुरिको यात्रा गर्न चाहनेहरुका लागि यात्राको सम्भावना प्रवल रहेकोछ । नसोचेको धन सम्पति प्राप्त हुने योगलाई नकार्न सकिदैन । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सुयोग्य बर तथा कन्याको लगन गाठो कसिने प्रशस्त सम्भावना रहेकोछ भने मित्रताको बन्धन कसिलो हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुँनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस