वि.सं.२०७६ साल साउन १५ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई ३१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि चतुर्दशी,१३ घडी ३८ पला ,बिहान १० बजेर ५४ मिनेट उप्रान्त औंशी । नक्षत्र पुनर्वशु,२३ घडी १८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त तिष्य । योग बज्र,३७ घडी ०४ पला,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त व्यातिपात । करण शकुनी,बिहान १० बजेर ५४ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा गद योग । चन्द्रराशि मिथुन,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३४ पला । खिर खाने दिन ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरि लगानि बढाउँन सकिनेछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले खानपान तथा आहार बिहारमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले आफ्नो बिचारले धेरैको मन आकर्षित गर्न सकिनेछ । समाजमा प्रशंसकहरु बढ्नेछन् भने मेहनेतले सम्मानित स्थान दिलाउँनेछ । पारिवारिक माहोलमा समय बित्ने हुँदा मन खुसि हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । आट गर्न नसक्दा हातमै आईसकेको काम अरुकै पोल्टोमा पर्नेछ । सानो कामलाई पनि प्रशस्त समय लाग्ने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट राजनिति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे
) बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । सिमित साधन स्रोतको परिचालन गरि असिमित आवस्यक्ताहरु परिपुर्तिक गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले पैत्रिक सम्पतीको प्रयाग गर्दा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा लागनिका प्रश्ताव आउँने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालवा लामो दुरिको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । बिहानको समयमा लामो धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनि काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउँने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । बिहानीपख समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सत्रुमाथि बिजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् । पढाइ लेखाईमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानि भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले पढाइ लेखाई प्रभावित हुन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । व्यापारमा लगानि गर्नको लागि केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योेग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस