सिर्जना बर्देवा, काठमाडौँ : हरेक वर्षजस्तै यो वर्ष पनि आजदेखि साउन महिना प्रारम्भ भएको छ। धार्मिक, सांस्कृतिक,एवम् प्राकृतिक दृष्टिकोणले समेत साउन महिनालाई महत्वपूर्ण महिनाको रुपमा हेरिन्छ। जताततै हरियालीले भरिने साउन महिनाको रौनकले शहर बजार देखि गाउँ गाउँलाई छपक्कै छोपेको छ।
पौराणिक कथा अनुसार साउन महिना भगवान शिवको महिनाका रुपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिईन्छ।
साउनको सोमबारलाई विशेष बारका रुपमा लिइन्छ। यस महिनामा शिवको आराधना, पूजा, व्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरू सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागि पुग्ने गर्छन्।पछिल्लो समयमा भने साउन महिनाको मुख्य रौनक नै हरियो चुरा तथा सोमबारे व्रत नै बनिसकेको छ। यस महिनाको सोमबारको व्रत बसे अविवाहिताले राम्रो वर पाउने र विवाहितहरू श्रीमान् श्रीमतीको सम्बन्ध सुमधुर बनाउने जनविश्वास छ।
साउन महिनाको महत्व
हिन्दु धर्मावलम्बी महिलाहरूले यस महिनालाई विशेष महत्वका साथमा लिन्छन्। श्रावण भगवान् शिवको विशेष पूजाआजा गरिने महिना हो। महिलाहरू यो महिनाभरि व्रत लिने, शुद्ध आहारविहार अँगाल्ने तथा शिवजीको मन्दिर दर्शन गर्ने आदि काम गर्छन्। भगवान् शिवको प्रिय दिन सोमबार भएकाले सक्नेले महिनाभरि र नसक्नेले साउनका प्रत्येक सोमबार ती नियम पालना गर्छन्। साउन महिनामा आशुतोष भगवान् शङ्करको भक्ति, आराधना एवं पूजाको विशेष महत्व छ। सांसारिकता र भौतिकताको कुनै वास्ता नगरी व्रत बस्ने एवं शिवालयमा नाङ्गै खुट्टा हिँडेर दर्शन–पूजा गर्न जानेजस्ता क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने बताइन्छ।
सौभाग्यवती महिलाले साउन महिनाको सोमबार व्रत लिए अखण्ड सौभाग्य प्राप्त हुन्छ भन्ने कुरा विभिन्न धर्मग्रन्थहरूमा वर्णन गरिएको छ। यो दिन युवायुवतीहरूले व्रत बसे मनले इच्छाएको वर वा कन्या प्राप्त हुन्छ। हाम्रो परम्परागत मान्यताअनुसार छात्रछात्राले सोमबारका दिन व्रत लिई शिवालयमा गएर जलाभिषेक गरे विद्या एवं बुद्धि बढ्छ । बेरोजगारलाई यो व्रतको प्रभावबाट रोजगारी प्राप्त हुन्छ भने आयको मार्ग सरल हुन्छ अनि मान प्रतिष्ठा आर्जन हुन्छ । गृहस्थ, पेशाकर्मी, व्यवसायी वा व्यापारीले निष्ठापूर्वक साउन महिनाको सोमबारका दिन व्रत लिए धनधान्य र सुख समृद्घि अभिवृद्धि हुन् । समग्रमा जुनसुकै पेशा, व्यवसाय वा विभिन्न वर्गका व्यक्तिले यो व्रत लिए उन्नति, प्रगति र कल्याण हुने जनविश्वास रहेको छ जस्ले गर्दा साउन महिना महत्वपूर्ण मानिन्छ।
साउने सोमवार
साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिष शास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।
हरिया चुरा,हातमा मेहन्दी
साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा। श्रावण महिनामा नेपाली नारीहरूले हरिया चुरा, हरियो पोते, हरियै पहिरन एवं हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ। अहिले त हरियो लगाउनु, साउन महिनाको फेशन नै बनिसकेको छ। अहिले अविवाहित युवतीहरु पनि हरियो रंगमा सजिएका देख्न पाइन्छ। विशेष गरेर साउन महिनामा महिलाहरू विशेष नै देखिन थालेको छ।
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। मेहेन्दी, हरियो चुरा, पोते अनि बस्त्रमा सजिदा आकर्षण बढ्छ,जसले गर्दा श्रीमान–श्रीमतीबिचको सम्बन्ध झनै सुमधुर हुने मान्यतासमेत रहिआएको छ।
यो मौसममा हरियो बस्त्र लगाउदा शरीरलाई लाभ गर्छ। हरियो रङ्गले सुन्दरतासँगै स्वास्थ्यमा लाभ हुने बिश्वास रही आएको छ।
लोकप्रियता बढ्दै
साउन महिना शुरु भएसँगै बिदेशी परम्परा नेपालमा पनि भित्रिएको छ। अरूको सिको गर्नुले पनि हाम्रो समाजमा साउन महिना प्रिय छ। नेपाली महिलाहरू पनि हरियो चुरा पोते हातमा मेहेन्दी गलामा हरियो रातो पोते, हरियो पहेँलो पहिरनमा बेहुली जस्तै सजिएका देखिन्छन्। साउन महिनामा व्रत बस्नु, हरिया पहेला, चुरा लगाउनु, मेहन्दी लगाउने एउटा परम्परा हो जो अहिले सम्म पनि उत्तिकै लोकप्रिय छ ।
बदलिँदो साउन
अहिले साउन महिना आउन साथ बजारमा पनि विभिन्न थरीका सामग्री भित्रिएको पाइन्छ । पहिलेका बूढापाकाले त्यहि साउन महिनालाई मनाउने तरिका र अहिलेका नयाँ युवतीले मनाउने साउन पर्वमा विकृति देखा परेको पाइन्छ। हिजोआज हरियो चुरा, हरियै रङका कपडा तथा मेहन्दीहरूको व्यापार बढेको छ। कष्मेटिक पसलहरूमा भीड देख्न सकिन्छ । बढि जसो युवतीहरू फेशनकै आधारमा पनि साउन महिनालाई मनाईरहेका हुन्छन्।
मौलिकतामा रमौं
आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ। हामीले संस्कृतिलाई जर्गेना गर्नुपर्छ जो सँग जे छ त्यसमा सन्तुष्ट रहन सिक्नुपर्छ। तब मात्र यो पर्वको महत्व रहन्छ। धर्म संस्कृतिको नाममा विकृति फैलाउने र भड्किलो किसिमले चाडपर्व मनाउने प्रवृत्तिलाई प्रश्रय नदिई आफ्नो संस्कृतिको जगेर्ना गर्ने र आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नका लागि हामी सबैको भूमिका उत्तिकै हुनुपर्छ।
साउने सक्रान्तिको सबैलाई शुभकामना।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस