वि.सं.२०७६ साल असार १६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि चतुर्दशी,५३ घडी ०८ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त औंशी । नक्षत्र रोहिणी,०९ घडी १० पला,बिहान ०८ बजेर ४३ मिनेट उप्रान्त मृगशिरा । योग गंड,३१ घडी ५७ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त वृद्धि । करण भद्रा,दिउसो ०३ बजेर ०२ मिनेट उप्रान्त शकुनि,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि बृष,बेलुकी ०८ बजेर ४६ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुनैपनि काम गर्न आट नआउँने तथा कन्फिडेन्ट पावरमा कमि आउँनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानि हुनेछ । आफन्त तथा अग्रजहरुसँग राज बाजिनेछ । मनमिल्ने साथि टाडिनाले मनमा जलन पैदा हुनेछ । विवादमा भाग नलिनुहोला मान सम्मानमा दाग लाग्न सक्छ । तरपनि होटल तथा रेष्टुरेन्टको क्षेत्रमा समय दिनेहरुका लागि समयले साथ दिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानिबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने तथा अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानमा गरिने लगानिबाट आम्दानि बढाउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा बिश्वासको बाताबरण सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुँनेछ । अवसरवादीहरुले हर तरह फसाउँन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुँनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । पढाई लेखाईमा मेहनेत गरेमात्र नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । तरपनि लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रुपैयापैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुँनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा आत्मियताको कमि हुँनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । काम समयमा सम्पन्न गर्न नसक्दा हातबाट अवसरहरु फुत्कन सक्छन् । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुँनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुँनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछसामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुँनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस