वि.सं.२०७६ साल असार १५ गते । आईतबार । ईश्वी सन् २०१९ जुन ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि त्रयोदशी,५५ घडी ४० पला,रातको ०३ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र कृतिका,०८ घडी ५५ पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग शूल,३६ घडी ०८ पला,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त गंड । करण गर,दिउसो ०३ बजेर ४८ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धुम्र योग । चन्द्रराशि बृष । प्रदोष व्रत । दही चिउरा खाने दिन । धान दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले वन्द व्यापारमा न्यून आम्दानि हुनेछ । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा पनि मनमुटाव सिर्जना हुनेछ । अवसर प्राप्त भएपनि समयको ख्याल नगर्दा उपलपब्धि कम हुनेछ । अरुको विश्वास गर्नाले धोका पाईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । अध्ययनमा समय नपुग्दा नतिजा न्यून हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कलाकृति तथा गित संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ भने पद प्राप्तीको योग पनि रहेकोछ । व्यापारमा थोरै लगानि गरेपनि प्रशस्त आम्दानि हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त हुनेछ । स्रोतसाधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । नियम संगत काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सँग सम्बन्धित बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेभएपनि बाटोमा दुख हुन सक्छ । खोजीमुलक क्षेत्रमा रुचि भएपनि समय दिन नसकिने हुनाले नतिजा अरुतिरै जानेछ । प्रणय सम्बन्धमा मनमुटाव बढ्ने हुनाले आजको दिन सँगै नभए राम्रो हुनेछ । तपाईको सानो गल्ति तथा साना साना टिप्पणीको आलोचना हुनेछ |
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भए पनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु विच मनमुटाब सिर्जना हुनसक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनुनै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ भने बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हँुनेछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँने तथा पति पत्नि बिच मनमुटाब बड्न सक्छ । लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन अरुदिन भन्दा बढि समय खर्चनु पर्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस