वि.सं.२०७६ साल असार १४ गते । शनिबार । ईश्वी सन् २०१९ जुन २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दुवादशी,५७ घडी ०१ पला,रातको ०४ बजेर ०१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र भरुणी,०७ घडी २८ पला,बिहान ०८ बजेर ११ मिनेट उप्रान्त कृतिका । योग धृति,३९ घडी २२ पला,बेलुकी ०८ बजेर ५७ मिनेट उप्रान्त शूल । करण कौलव,दिउसो ०४ बजेर ०५ मिनेट उप्रान्त तैतिल,रातको ०४ बजेर ०१ मिनेट उप्रान्त गर । आनन्दादिमा वज्र योग । चन्द्रराशि मेष,दिउसो ०२ बजेर २३ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा नोकरिको लागि समय राम्रो रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फन अरुको ध्यान आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग विवाद हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समयमा यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्रा हुने तथा बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय राम्रो रहेकोले अग्रज तथा आफन्तको धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे आम्दानि गर्न सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रका कारोबार फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले लामो दुरिको यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि नाँफा कमाउन सकिनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक उन्नति हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको कामबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पढाई लेखाईमा मन जानेहुदा नतिजा अफ्नै पोल्टोमा पार्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्ययम रहेकोले सरकारी तथा प्रशासनिक काममा ढिला शुस्तिको चपेटामा परिनेछ । सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले उपलब्धि ढिला प्राप्त हुनेछ । पढाई लेखाईमा नतिजा आफैतिर पार्नको लागि प्रशस्त समय खर्चिनु पर्नेछ । आफन्त तथा अग्रजसँग सन्तुलित व्यावहार गर्नुहोला । यात्रागर्दा ध्यान दिनुहोला यात्रामा बिभिन्न अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
सापटि मागेर वा ऋण खोजेर व्यापारमा लगानि नगर्नुहोला समय मध्ययम रहेकोले आम्दानि नयून हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । पानी तथा खनिज पदार्थसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिका यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले बिलाशी तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । बन्द व्यापारमा मन्दि आउने तथा दैनिकी कष्टकर हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा अग्रजहरु सँग राय बाजिनेछ । साझपख स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा प्रतिष्पर्धा हुदा तपाईको नाम अग्र स्थानमा आउनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने तथा कुनै पनि विवादमा तपाईको जित निश्चित हुनेछ । आफन्त तथा मामा मावलीपक्षबाट सहयोग प्राप्त हुनेछ । साझपख व्यावसायिक यात्रा हुने भएपनि यात्रा कष्टकर हुन सक्छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई शंका गर्नाले समस्या आउन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । अदालति निर्णयहरु तपाइको पक्षम नआउँन सक्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
छोटो तथा रमाईलो यात्रा हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । साझपख आफन्त तथा आमा सँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट पनि थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस