काठमाडौं-‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरौँ त |
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए।
उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे।
राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे। ‘ढुकुटी नखोल्ने कारण के हो ? ’, उनले भने, ‘धार्मिक मान्यता केही छ कि ? सर्वोच्च अदालतको आदेशक के हो ? ’ यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो। उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए।
अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखे। उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए। सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राष्ट्रिय विपत्ति आउँदा मात्रै मूल ढुकुटी खोलिने गरेको जवाफ दिए। उनका अनुसार दासप्रथा उन्मूलनको समयमा खोलिएको थियो। मुख्य मन्दिरको माथिल्लो तलामा ढुकुटी रहेको र त्यहाँ जो कोही जान नपाउने उनले सुनाए। ‘विशेष नायक मात्र मूल ढुकुटी भएको स्थानमा जान पाउँछन् तर उनीसँग साँचो हुँदैन’, उनले भने, ‘जोसँग साँचो हुन्छ ऊ जान पाउँदैन।’
उनका अनुसार भूकम्पपछि मन्दिरको अवस्थासमेत थाहा छैन। मूल मन्दिरको भौतिक अवस्थाको प्राविधिक जाँच हुनु आवश्यक रहेको उनले बताए। ‘मूल मन्दिरभित्रको स्वरूप कस्तो छ भनेर कसैलाई थाहा छैन’, उनले भने, ‘भूकम्पले के कस्तो क्षति पुर्याएको छ ? त्यसको प्राविधिक जाँच हुनुपर्छ।’ यसअघि भारतीयसहितको प्राविधिक टोलीले जाँच गर्न खोज्दा मूल मन्दिरमा प्रहार भएको भन्दै विरोध भएको थियो। यो समाचार आजको अन्नपूर्ण दैनिकले छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस