धर्म परिवर्तन गराउँदै हिँड्ने तीन जना जापानी नागरिकलाई दाङ प्रहरीले पक्राउ गरेको थियो। अनलाइन स्टटिजको नाममा पोखरा आएका उनीहरु धर्म प्रचारप्रसार गर्न दाङ पुगेका थिए। उनीहरु पनि तारेखमा रिहा भएका थिए।
यसरी धर्म प्रचार प्रसार तथा परिवर्तनको नाममा पक्राउ गरेका अधिकांश विदेशी नागरिकहरु दूतावासको दबाबमा छुट्दै आएका छन्।
केही दिनअघि सुनसरीको इटहरीका अभिषेक कार्की र उनकी पत्नी आयुषा चौधरी क्रिश्चियन धर्मको नाममा आफूहरुलाई ठगिएको बताउँदै मिडियामा आएका थिए। विवाह नहुँदै परिवार नियोजन गर्न लगाएको, भएको सम्पत्ति सबै चर्चमा लगानी गर्न लगाएर आफूहरुमाथि ठगी भएको भन्दै उनीहरुले प्रहरीमा उजुरीसमेत दिएका थिए।
मुख्य दोषी कोरियन नागरिक सङ जा हान भएको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए। हानमाथि अनुसन्धान सुरु गरिएको अध्यागमनले जनाएको छ। विभागका प्रवक्ता तिवारी भन्छन्, ‘स्थानीय प्रशासनलाई ती व्यक्तिको बारेमा खोजी गरेर डिटेल टिपाउन भनेका छौं, अहिलेसम्म आइसकेको छैन।’
‘इन्टरनेसनल वी लभ यु फाउन्डेसन’को नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्। विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्।
भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार भइरहेको स्थानीयले बताउँदै आएका छन्।
यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता (२०७४) को परिच्छेद ९ मा धर्मसम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ। सोही परिच्छेदको दफा १५८ धर्म परिवर्तन गराउन नहुने भनेर लेखिएको छ।
दफा १५८ को उपदफा १ कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ।
उपदफा २ मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने बताइएको छ।
यसरी धर्म प्रसार गरेर धर्म परिवर्तन गराएको अवस्थामा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसरी धर्म परिवर्तन गराउने व्यक्ति विदेशी भएको अवस्थामा त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाहिर पठाउनुपर्ने कानुनी प्रावधान छ।
प्रभावमा पारेर धर्म परिवर्तन गराएको अवस्थामा थाहा भएको मितिले ६ महिनाभित्र उजुरी गर्न सक्ने व्यवस्था छ। धर्म सम्बनधी अन्य कसुरमा भने ३ महिना नाघेपछि उजुरी नलाग्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस