श्री शाके १९४० बि.स. २०७५ साल चैत्र २८ गते बिहीबार इश्वी सन् २०१९ अप्रिल ११ तारीख चैत्र शुक्ल पक्ष षष्ठी तिथी १२ः३४ बजे सम्म पश्चात सप्तमी तिथी मृगशिरा नक्षत्र ८ः४२ बजे सम्म पश्चात आद्र्रा नक्षत्र शोभन योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मृत्यु योग सुर्य उत्तरायण वसन्त ऋतु
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यसम्पादनमा आटँ र शाहसको कमि महसुस हुनेछ । पुरानामित्रहरुको भेटघाटमा सामान्य यात्राको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा भएको त्रुटिको अपसज आईपर्नेछ । बिश्वासनिय ब्यक्तिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । प्रतिद्वन्धिहरु सबल रहलान ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला । संचित रकम खर्चको सम्भाबना रहेकोछ । खानपानको खराबिले स्वास्थमा सामान्य तनाव उत्पन्न गराउन सक्नेछ । सामान्य कार्यसम्पादनमा अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेकोछ । सामान्य स्थानतरणको सम्भाबना रहेकोछ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
चिसो सम्बन्धी समस्याका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँकार्यको थालनिको योग रहेकोछ । दाम्पत्य सम्वन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरिक आलस्यता ले सताउने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानिको तुलनामा खर्च बढ्नसक्ने सम्भाबना रहेको छ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्प्रधामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । शारिरीक आलस्ताले सताउन सक्छ । मान्यजनको साथसहयोग प्राप्त हुनेछ । सामान्य आर्थिक अभाबको सामन गर्नु पर्ला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामान्य कार्यको लागि धेरै समय खर्चनु पर्नेछ । आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्नेछन । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । नयाँ कार्य क्षेत्रका लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिचको सम्बन्धमा सुधार आउनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रेमी प्रेमीका बिचको सम्बन्धमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मनोरञ्जन तथा भोगबिलासको क्षेत्रमा मन जानेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउनेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस