काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले श्रीपेच सर्वसाधारण जनताले अवलोकन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार नारायणहिटी दरबार संग्रहालयको स्थलगत निरीक्षणमा पुगेका मन्त्री शाहीले उक्त निर्देशन दिएका हुन् ।
मन्त्री शाहीले श्रीपेच तत्काल सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका थिए । उनी मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुखसहित नारायणहिटी पुगेका थिए ।
अवलोकनका क्रममा मन्त्री शाहीले ऐतिहासिक धरोहरको संरक्षणमा सबैको दायित्व रहने भन्दै यस्ता सम्पदालाई नगद पैसासँग तुलना गर्न नहुने बताएका थिए । उनले ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षण मन्त्रालयको प्राथमिकतामा रहेकोसमेत बताएको मन्त्री शाहीको सचिवालयले उल्लेख गरेको छ । संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले नारायणहिटीमा खानेपानी र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको जानकारी गराएका थिए ।
संग्रहालयका प्रमुख ढुंगानाका अनुसार श्रीपेच सर्वसाधारणको अवलोकनका लागि पनि खुला गर्ने तयारी जारी छ । त्यसका लागि सुरक्षा विश्लेषण भइरहेको उनले जानकारी दिए ।
सुरक्षा विश्लेषणका लागि सेनासँग समन्वय भइरहेको ढुंगानालाई उद्धृत गर्दै मन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ । ढुंगानाले पूर्वराजा वीरेन्द्रको निजी निवास श्री सदनसमेत सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस