पाँचथर- पाँचथरमा जारी निषेधाज्ञा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि आज १३औँ पटक थप भएको छ । साउन ३२ गते मध्यरातबाट लागू हुने निषेधाज्ञा भने निकै खुकुलो पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट जारी निषेधाज्ञाअनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुरेण्ट स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख । यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ। सङ्क्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय भने खोल्न रोक लगाइएको छ ।
सवारीका साधन सञ्चालनमा लगाइएको जोरविजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश यही साउन ३२ गते मध्यरातबाट अआउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो ।
पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ सङ्क्रमण घटेको तथ्याङ्कमा देखिएपनि सङ्क्रमणको खतरा भने उत्तिकै छ । जनस्तरमा निषेधाज्ञालाई कडाइ गर्न वा क्रमशः हटाउँदै लैजान आवाज उठ्दै आएको थियो । हुन त पाँचथरमा अहिले ६०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् । हालसम्म जिल्लामा तीन हजार ६९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार ४२ जना सङ्क्रमणमुक्त भएका छन् ।
कोभिड–१९ सङ्क्रमणका कारण हालसम्म जिल्ला भित्रका १८ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरका गरी ५० जनाको मृत्यु भएको छ । अहिलेका अधिकांश सङ्क्रमित सदरमुकाम बाहिरका छन् । सङ्क्रमणको दर भने केही घट्दै गएको छ । आइतबार जिल्लामा २९ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस